२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कोही पलेँटी कसे, कसैले बजेट पुस्तिका च्याते : टेबल ठोक्नेदेखि बहिष्कारसम्म

कोही पलेँटी कसे, कसैले बजेट पुस्तिका च्याते : टेबल ठोक्नेदेखि बहिष्कारसम्म

कोही पलेँटी कसे, कसैले बजेट पुस्तिका च्याते : टेबल ठोक्नेदेखि बहिष्कारसम्म

कोही पलेँटी कसे, कसैले बजेट पुस्तिका च्याते : टेबल ठोक्नेदेखि बहिष्कारसम्म

कोही पलेँटी कसे, कसैले बजेट पुस्तिका च्याते : टेबल ठोक्नेदेखि बहिष्कारसम्म
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बिहीबार (असार ५) पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

    राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बैठक बहिष्कार गर्ने बताएका थिए । कार्यसूची अघि बढाइएपछि उनीहरू बैठकबाट बाहिरिए ।

    अर्को प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले भने वेल घेराउलाई निरन्तरता दिए । बैठक सुरु हुनेबित्तिकै उनीहरूले सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका थिए । त्यसपछि त्यहीँ भुइँमा पलेँटी कसेर बसेका छन् । बैठक जारी छ ।

    रास्वपा सांसदले भिजिट भिसा प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकमा विरोध गरिरहेका छन् । रास्वपा सांसद हरि ढकालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन (विरोध) जारी रहने बताए ।

    कार्यसूचीमा प्रवेशसँगै बोल्ने क्रममा अर्को प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्याते । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन् ।

    उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए । “यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद,” उनले भने ।

    थापा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति समेत हुन् । उनले बजेट पुस्तिका च्यातिरहँदा एकीकृत समाजवादीकै अरू सांसदले टेबल ठोकेका र ताली बजाएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भने संघीय निजामती सेवा विधेयक तत्काल संसद्मा ल्याउन माग गरे । उक्त विधेयक कार्यसूचीमा प्रवेश गरेर पनि हटाइएको भन्दै आपत्ति जनाए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij