बुटवल । उद्योग व्यापार संघ बुटवलले सातौ स्थापना दिवसमा बुटवलम सरसफाई तथा संरक्षण कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा बुटवल अस्पताललाईन देखी ट्राफिकचोक सम्म रहेको ६१० फुट डिभाईडरमा सरसफाई तथा संरक्षण कार्यक्रम अन्तरगत सरसफाई गर्नुका साथै मल समेत राखिएको हो ।
कार्यक्रमको उद्धाटन गर्दै बुटवल ६ का अध्यक्ष लोकनाथ न्यौपानले आफ्नो वडाको अधिकार भित्रबाट प्रदान गर्ने सेवामा आफ्नो टाढाको व्यवहार नगरेको बताउँदै सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले वडाबाट सहकार्य हुने कार्यक्रमको लागि वडाबाट कुनै समस्या नपार्ने दोहोर्याए ।
कार्यक्रममा उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य गोबिन्द गैरेले संघले बुटवलमा रहेर आफ्नो क्रियाशिलता देखाईरहेको बताउँदै सामाजिक कार्यहरु गर्दै जानुपर्नेमा पनि जोड दिए ।

संघका अध्यक्ष बिष्णु प्रसाद पाण्डेयले स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरेर संघले लगाएका बिरुवा र डिभाईडरको संरक्षण गरेको उल्लेख गरे । उनले संघले यसपटक पुसमा बुटवलमा मेला लगाउने गरि कामहरु गरिरहेको बताउँदै आवश्यक सहयोग गर्न समेत आग्रह गरे ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी ,उद्योग उपाध्यक्ष पदम जिसीलगायतले बोलेका थिए भने कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
स्थापना दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको महासचिव यमलाल मरासिनीले जानकारी दिए । लुम्बिनी नर्सिङ होम देखी ट्राफिकचोक सम्म्को डिभाईडर संस्थाले निर्माण गरेको हो भने यस स्थानमा नियमित मलजल तथा सरसफाई गर्दै आएको उनले जानकारी दिए ।




