२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नौ वर्षसम्म पनि पूरा भएन बेलबास–बेथरी सडक

नौ वर्षसम्म पनि पूरा भएन बेलबास–बेथरी सडक

बुटवलको नहरपुर खण्डमा सडक विस्तारको काम रोकिंदा पानी पर्दा हिलो र सुक्खा याममा धुलोले स्थानीय र सडक प्रयोगकर्ताले सास्ती व्यहोर्दै आएका छन् ।

नौ वर्षसम्म पनि पूरा भएन बेलबास–बेथरी सडक

नौ वर्षसम्म पनि पूरा भएन बेलबास–बेथरी सडक

बुटवलको नहरपुर खण्डमा सडक विस्तारको काम रोकिंदा पानी पर्दा हिलो र सुक्खा याममा धुलोले स्थानीय र सडक प्रयोगकर्ताले सास्ती व्यहोर्दै आएका छन् ।

नौ वर्षसम्म पनि पूरा भएन बेलबास–बेथरी सडक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • बुटवल
    रुपन्देहीको बेलबास–बेथरी सडक बिस्तारको काम नौ वर्षसम्म पनि पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा र यात्रुहरूले लामो समयसम्म सास्ती व्यहोर्न बाध्य छन् ।


    २०७३ सालदेखि सुरु भएको बुटवलको बेलबासदेखि बेथरी हुँदै लुम्बिनी जाने २१ किलोमिटर सडक विस्तार कार्य अझैँसम्म पुरा नहुँदा स्थानीय बासिन्दाका साथै उक्त सडक भएर आवतजावत गर्ने यात्रुहरूले सास्ती ब्यहोर्नु परेको हो ।


    समयमै काम सम्पन्न नहुँदा बेलबास–बेथरी सडकखण्डअन्तर्गत बुटवलको नहरपुर र रानीगञ्ज क्षेत्रका बासिन्दा पानी पर्दा हिलो र सुक्खा याममा धुलोले सास्ती व्यहोर्दै आएका छन् ।


    सडकको बिचमा परेको खाल्टाखुल्टीले हैरान भएपछि स्थानीयहरूले बिगत दुई वर्षअघि संघर्ष समिति नै बनाएर बेलाबेलामा विरोध गर्दै आए पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ ।


    नौ वर्षदेखि अधुरो रहेको सडक बिस्तारको काम छिटो पूरा गर्न स्थानीयवासीहरूले पटक–पटक सडक कार्यालय, प्रमुख जिल्ला अधिकारी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय संघर्ष समितिका संयोजक विजय ढकालले बताए ।


    वर्षा सुरु भएकोले तत्कालका लागि खाल्डाखुल्डी पुर्ने र बाँकी काम पनि यथासिघ्र सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
    तत्काल काम सुरु नगरे पुनः आन्दोलनमा उत्रने संघर्ष समितिका संयोजक ढकालले चेतावनी दिए ।


    उनले भने–‘संघ सरकारले सडक विस्तार गर्ने हो कि प्रदेश सरकारले हो, जसले गरे पनि यो काम चाँडै हुनुप¥यो भन्ने हाम्रो माग हो ।’


    बुटवल–बेलबास हुँदै लुम्बिनी जाने यो सडक दुई खण्डमा विभाजन गरेर निर्माण सुरु भएको थियो । जसअन्तर्गत दोस्रो प्याकेजमा ८ किलोमिटर निर्माण गर्ने ठेक्का बज्र गुरु कान्छाराम जेभीले लिएको थियो । उक्त कम्पनीले निर्माण गर्ने जिम्मा लिएको खण्डमा विभिन्न ५ ठाउँमा स–सानो काम अलपत्र हुँदा यात्रुहरूले कष्ट व्यहोर्नु परेको छ ।


    संघीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत सडक विभागले २०७३ सालमा २१ किलोमिटर सडक विस्तारको ठेक्का लगाएको थियो । ठेक्का सम्झौताअनुसार २०७६ सालसम्म निर्माण कार्य सक्ने समयसीमा तोकिएको थियो ।


    बज्र गुरुले साढे ८ किलोमिटरको प्याकेज २०७६ असार मसान्तसम्म सक्नुपर्ने थियो, तर ६ पटकसम्म म्याद थप्दै २०८१ चैतसम्म सम्पन्न गर्ने सीमा बढाइएको भए पनि अहिलेसम्म पूरा नभएको हो ।


    पछिल्लो समय ठेकेदार प्रतिनिधि पनि सम्पर्कमा नआउने र बहुवर्षे योजनाअनुसार थप बजेट पनि नआएकोले सडक कालोपत्रे, कल्भर्ट, सडक पेटी निर्माण गर्नेलगायतका काम बाँकी रहेको सडक पूर्वाधार विकास कार्यालयका अधिकारीहरूको भनाइ छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij