२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  • बुटवल । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

     


    ‘उनीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी कानूनी प्रक्रिया अघि बढाउँदैछौं।’ पर्सा प्रहरीका एक अधिकृतले भने ।

    उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् । २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ ।

     

    रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाँ उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो ।

    बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएकी सांसद रायमाझीलाई सम्पर्क गर्न खोज्दा भने उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।

    यता, जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले भने उनको व्यक्तिगत लेनदेनको विषय भएकाले पार्टीमा यसबारे कुनै औपचारिक छलफल नभएको बताए । ‘ पक्राउ पुर्जी जारी भएको भन्ने सुनेका हौं । यो उहाँको व्यक्तिगत हरहिसाबको कुरा भयो । यसमा पार्टीको कुनै विषय जोडिएको छैन।’ यादवले भने ।

    पक्राउ पुर्जी जारी भएकी रायमाझी समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।

    यसअघि उनी जसपाबाट सांसद बनेकी थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन् ।

    माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीपरिषद्मा उनी कृषि मन्त्री बनेकी थिइन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij