२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बिनयी खोलामा डाइभर्सन निर्माण गरेर दाउन्नेमा फसेका ठुला सवारी पास गराइने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ ८ २०८२
आइतवार, आषाढ ८ २०८२
  •  

    नवलपुर । लगातार ६ दिनदेखि पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा यातायात बन्द भएपछि यहाँ अलपत्र परेका १५ सय बढी सवारी साधनलाई आज गन्तव्य तर्फ पठाइएको छ ।

    हिजो र आज दुई दिन दुई दिन पूर्ण रुपमा सडकमा सवारी आवागमन बन्द गरेर १५ सय सवारी साधनलाई गन्तव्य तर्फ पठाइएको हो ।

    यस क्षेत्रमा अझै मालबाहक ट्रक, लरी लगायतका ठूला हेबी भार बोकेका ८० भन्दा बढी सवारी साधन फसेका छन् ।

    ति सवारी साधन दुम्किबास सर्दी हुँदै हिड्ने बाटोबाट जान सक्ने अवस्था नरहेको कारण तत्काल विनयी खोलामा अस्थायी डाइभर्सन बनाएर पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

    उनका अनुसार डाइभर्सनबाट पठाएर तुरुन्त डाइभर्सन बन्द गर्ने सल्लाहा भए पनि पूर्ण निर्णयमा पुगिसकेको छैन ।

    यसैबीच १५ सय सवारी साधनलाई पास गराइए सँगै दाउन्नेमा हल्का सवारी साधन चल्न दिन थालिएको उनले बताए । तथापि साँझ ७ बजेबाट विहान ५ बजेसम्म भने हल्का सवारी साधन पनि चल्न प्रतिबन्ध लगाइएको छ ।

    अहिले दाउन्ने खण्डमा सडक आयोजना र चाइना स्टेट कम्पनीले गिटी विछ्याउने र रोडर लगाउने काम गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij