२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नवलपरासीको विनयी खोलामा भोलिदेखि पुलबाट गाडी चल्ने

नवलपरासीको विनयी खोलामा भोलिदेखि पुलबाट गाडी चल्ने

नवलपरासीको विनयी खोलामा भोलिदेखि पुलबाट गाडी चल्ने

नवलपरासीको विनयी खोलामा भोलिदेखि पुलबाट गाडी चल्ने

नवलपरासीको विनयी खोलामा भोलिदेखि पुलबाट गाडी चल्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीबास विनयी खोलामा पुल निर्माणको काम सकिएको छ । योसँगै विनयी खोलाको पुल भोलिदेखि सञ्चालनमा आउने भएको छ । पुल कालोपत्र गरिएसँगै भोलिदेखि पुलबाट गाडी चल्ने नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ । यसअघि पुरानो पुल गएको पुस अन्तिम हप्ता भत्किएपछि डाइभर्सन बनाएर गाडी चल्दै आएका थिए ।

    फलामे पुल भाँचिएपछि मालवाहक ट्रकहरू डाइभर्सनमार्फत तथा साना तथा यात्रुवाहक गाडी वैकल्पिक मार्ग होङ्शी गेट–सर्दी हुँदै दाउन्ने वारपार गर्दै आएका थिए । तर डाइभर्सन निरन्तर बाढीले बगाउने समस्या हुँदा सास्ती थियो ।

    सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले निर्माण सम्पन्न पुल भोलिदेखि सञ्चालन गर्ने गरी अन्तिम तयारी भइरहेको जानकारी दिए । त्यस्तै दाउन्ने क्षेत्रमा सडक विस्तारको काम पनि भइरहेको छ । विनयी खोलामा पुल बनेपछि केही सहज भए पनि दाउन्नेमा काम पूर्ण नहुँदासम्म यात्रुले समस्या झेल्नुपर्ने अवस्था छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij