२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कसरी गरिन्छ हवाई मौसम पूर्वानुमान ?

कसरी गरिन्छ हवाई मौसम पूर्वानुमान ?

मीनकुमार अर्याल

कसरी गरिन्छ हवाई मौसम पूर्वानुमान ?

कसरी गरिन्छ हवाई मौसम पूर्वानुमान ?

मीनकुमार अर्याल

कसरी गरिन्छ हवाई मौसम पूर्वानुमान ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • हवाईजहाजको उडानलाई सुरक्षित बनाउन हामीले एयरपोट र हवाईजहाज उड्ने रुट वा बाटोको मौसमबारे जानकारी दिइरहेका हुन्छौँ । यसैलाई हवाई मौसम पूर्वानुमान भनिन्छ ।

    कसरी गरिन्छ त हवाई मौसम पूर्वानुमान ? हवाई मौसम पूवार्नुमान शाखामा गरिने थुप्रै गतिविधिहरूमध्ये सातवटाचाहिँ निकै महत्त्वपूर्ण छन् ।

    पहिलो हो, मेटार अर्थात् मेट्रोलोजिकल एरोड्रोम रिपोर्ट
    यो भनेको एयरपोर्टको मौसमको लाइभ जानकारी हो । पारदर्शिता कति छ ? हावा कुन गतिमा कताबाट चलिरहेको छ ? पानी र हिउँ पर्ने अवस्था के छ ? बादल, हुस्सु र कुहिरोको अवस्था के छ ? तापक्रम कति छ ? इत्यादिबारे सूचना प्रत्येक आधाआधा घण्टामा यसमा दिइन्छ ।

    दोस्रो हो, स्पेसी अर्थात् स्पेसल मेट्रोलोजिकल रिपोर्ट
    मौसममा अचानक परिवर्तन आएमा वा विशेष अवस्था सिर्जना भएमा स्पेसी जारी गरेर हवाईजहाजको सुरक्षाको लागि जानकारी दिइन्छ ।

    तेस्रो हो, टाफ अर्थात् टर्मिनल एरोड्रोम फोरकास्ट
    यो भनेको एयरपोर्ट र आसपासको क्षेत्रको आगामी २४ घण्टासम्मको मौसम पूर्वानुमान हो । हवाईजहाज उडाउने वा नउडाउने योजना बनाउन यो पूर्वानुमान प्रयोग गरिन्छ । यो प्रत्येक ६/६ घण्टाको फरकमा दिइन्छ ।

    चौथो हो, सिग्मेट अर्थात् सिग्निफिकेन्ट मेड्रोलोजिकल इन्फर्मेसन
    यसमा चट्याङ गराउने बादल बाटोमा कहाँ छ ? त्यो विकसित हुँदै छ कि कमजोर हुँदै छ भनेर सूचना दिइन्छ । यसले पाइलटलाई सुरक्षित रूट वा बाटोबाट हवाईजहाज लैजान मद्दत गर्दछ ।

    पाँचौँ हो, टेक अफ डाटा
    धावनमार्गबाट हवाईजहाजलाई उडाउन वा अवतरण गर्न यो तथ्यांक जरुरी हुन्छ । यसमा एयरपोर्टको तापक्रम, हावाको गति, दिशा र चापको पूर्वानुमान गरिएको हुन्छ । यसकै आधारमा पाइलटले कुन गतिमा दौडाएर हवाईजहाज उडाउने वा अवतरण गर्ने भन्ने निर्णय लिन्छन् ।

    छैटौँ हो, इन्टरनेसनल फ्लाइट फोल्डर
    यसमा अन्तर्राष्ट्रिय उडानको हवाईजहाजलाई चाहिने रुट वा बाटोको तापक्रम, हावाको दिशा र गति समावेश गरिएको हुन्छ । यसैगरी, उडानको क्रममा रुटमा पर्ने देशको एयरपोर्टको चाप पनि समावेश गरिएको हुन्छ । साथै, बाटोमा बादल र वर्षाको अवस्था जान्नको लागि सिग्निफिकेन्ट वेदर चाप दिने गरिन्छ । त्यसले हवाईजहाजलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन मद्दत गर्दछ ।

    सातौँ हो, डोमेस्टिक फ्लाइट फोल्डर
    योचाहिँ देशभित्रै उड्ने हवाईजहाजहरूलाई अघि भनेजस्तै (छैटौँ बुँदाभित्र) दिने सूचना हो ।

    (अर्याल जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् हुन् । यहाँ प्रकाशित सामग्री विभागले नै सार्वजनिक गरेको भिडियोबाट उतारिएको हो )

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij