२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अजयबाबु सिवाकोटीको टिप्पणी–मोहन बस्नेतले हिंसात्मक अभिव्यक्ति दिँदा पनि टुलुटुलु हेरेर बस्नुपर्ने हो ?

अजयबाबु सिवाकोटीको टिप्पणी–मोहन बस्नेतले हिंसात्मक अभिव्यक्ति दिँदा पनि टुलुटुलु हेरेर बस्नुपर्ने हो ?

अजयबाबु सिवाकोटीको टिप्पणी–मोहन बस्नेतले हिंसात्मक अभिव्यक्ति दिँदा पनि टुलुटुलु हेरेर बस्नुपर्ने हो ?

अजयबाबु सिवाकोटीको टिप्पणी–मोहन बस्नेतले हिंसात्मक अभिव्यक्ति दिँदा पनि टुलुटुलु हेरेर बस्नुपर्ने हो ?

अजयबाबु सिवाकोटीको टिप्पणी–मोहन बस्नेतले हिंसात्मक अभिव्यक्ति दिँदा पनि टुलुटुलु हेरेर बस्नुपर्ने हो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बुधबारको केन्द्रीय समिति बैठकमा मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाको नामै लिएर दिएको अभिव्यक्ति हिंस्रक भएको बताउँदै रेकर्डबाट हटाउन माग गरेका छन् ।

    उनले केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।“सभापतिज्यू तपाईंकै सामुन्ने बुधबार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभयो छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ? ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ?”

    यस्तो थियो सिवाकोटीको धारणा–
    सभापतिज्यू,
     तपाईकै सामुन्ने बुधवार केन्द्रीय सदस्य मोहन बस्नेतले जुन किसिमले हिंसात्मक अभिव्यक्ति दिनुभएको छ के त्यसलाई हामीले टुलुटुलु सहेर बस्नुपर्ने हो ? ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामीले पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौं ? होइन भने " ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होस गर्नु " भनेर महामन्त्री गगन थापाको नामै लिएर ज्यान प्राणमा दागा धर्दा समेत त्यस्ता अराजक प्रस्तुती दिनेलाई रोक्न सकिदैन भने हामी कस्तो अभ्यासतिर जान खोजिरहेका छौं?

    सभापतिज्यू,
    वीपी कोइराला सहित अग्रजहरुले शुरु गरेको पार्टीको संस्कार यहि हो ?
    सभापतिज्यूलाई सोध्न चाहन्छु यो अराजकता कहिलेसम्म ? मर्यादाहिन यस्ता विषय पार्टीको रेकर्डमा राखेर हामी कस्तो कुरा आउने पुस्तालाई दिन खोज्दैछौ। त्यसैले मेरो आग्रह छ यस्तो गैरजिम्मेवार, अराजक र हिंस्रक भनाइलाई पार्टीको रेकर्डबाट हटाइयोस।

    सभापतिज्यू
    केहि समयअघी सहकारी ठगी प्रकरणमा हाल पूर्पक्षका क्रममा कैदमा रहेका रवि लामाछानेले संसदको रोष्ट्रममा उभिएर " आफूलाई फसाउन खोज्ने काँग्रेस नेता गगन थापाको पनि फाइल आफूसँग रहेको " बताएका थिए । बुधवारको वैठकमा लामिछानेकै भेरियन्ट बस्नेतज्यूमा देखियो । लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यूलाई मेरो आग्रह छ तपाई फाइल छ फाइल छ भनेर किन घुर्कयाइ रहनुभएको छ। थर्काउने पनि अनि महामन्त्री थापालाई अतिरिक्त माया किन देखाइरहनुभएको छ। थापाले भ्रष्टाचार गरेको फाइल छ भने किन अनुसन्धान गर्ने सम्वन्धित निकायमा नदिएको ? तपाई आफू डामिसक्नुभएको छ। महामन्त्रीलाई पनि कार्वाही भएको देख्न चाहनुहुन्छ भने कानुनी प्रक्रियामा जानुस। हेर्नुस हामीलाई फोहोर नभएको पार्टी चाहिएको छ। भ्रष्टाचारको आहालमा डुबेको पार्टी चाहिएको छैन। थापाजी दोषी देखिए भोग्नुहोला। हैन भने धम्क्याउने राजनीति बन्द गर्नुस। जहाँसम्म मेरो जानकारी छ तपाईसँग गभर्नर पद कांग्रेसले साँटेको पनि छैन । अहिले जे भइरहेको छ तपाईकै कर्मले हो। रुन्चे याचना गर्दै अरुलाई दोष नदिनुस। पार्टीमा तपाईले योगदान गरेको छ भन्ने नाममा पार्टीलाई वदनाम बनाउने छुट तपाईलाई छैन। हामीलाई पनि छैन। पार्टीभित्रको सुशासनको लागि बरु आरोपको टुंगो नलागेसम्म पार्टीको पदबाट अलग रहदा त्यो पार्टीकोलागि ठूलो गुन हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij