२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ । बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई धरौटी लिएर छाड्न भनेको हो ।

    पाठक आज अदालतमा उपस्थित भएका थिए । उनको बयान भएर आजै थुनछेक बहस भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पाठकविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ को (१) बमोजिम सजाय मागदाबी गर्दै सोमबार (असार १६) मुद्दा दायर गरेको थियो । उक्त दफामा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

    पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटेल खरिद गर्न लागेको भिडियो सामग्री प्रसारण गरेका थिए । युट्युबाट सार्वजनिक गरिएको भिडियो आधारहीन रहेको दाबीसहित जयवीरले उजुरी दिएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

    पाठकविरुद्ध गएको जेठ २८ गते पक्राउ पुर्जी जारी गरिएको थियो । तर, असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यही कारण पाठकलाई पक्राउ नगरी मुद्दा दायर गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij