२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

राप्रपाले थाल्यो रुपन्देही-३ मा हुने उपनिर्वाचनको तयारी, प्रधानको संयोजकत्वमा बनायो समिति

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • बुटवल ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको तयारी सुरु गरेको छ । 

    बिहीबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही-३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो ।

    बैठकले  पार्टीको जिल्ला कार्यसमितिलाई निर्वाचन प्रक्रिया र तयारी प्रारम्भ गर्न निर्देशन पनि दिएको छ । यस्तै, सम्भावित उम्मेदवारहरूको सूची सिफारिस असार मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन बैठकले निर्देशन दिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बैठकले उपनिर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समितिका सदस्यहरू र अन्य केन्द्रीय सदस्यहरू रहनेछन् ।

    बैठकले पार्टीको स्थानीय, जिल्ला र प्रदेश तहका अधिवेशनहरू असोज मसान्तसम्म सम्पन्न गर्ने निर्णयको प्रगतिबारे समीक्षा पनि गरेको छ । बैठकले आगामी आन्दोलन, पार्टी प्रवेश अभियान, सक्रिय सदस्यता वितरण र जिल्ला अधिवेशनलाई प्रभावकारी बनाउन सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

    बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भदौ दोस्रो साता काठमाडौंमा बोलाउने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij