२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

होटेल म्यानेजमेन्टमा आस्थमको उत्कृष्ट नतिजा

होटेल म्यानेजमेन्टमा आस्थमको उत्कृष्ट नतिजा

होटेल म्यानेजमेन्टमा आस्थमको उत्कृष्ट नतिजा

होटेल म्यानेजमेन्टमा आस्थमको उत्कृष्ट नतिजा

होटेल म्यानेजमेन्टमा आस्थमको उत्कृष्ट नतिजा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आषाढ २१ २०८२
शनिवार, आषाढ २१ २०८२
  • बुटवल । बुटवलकै पुरानो एशियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलले १६ औ ब्याचका उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । 

    बुटवल–८ राजमार्ग चौराहास्थित आस्थमबाट डिएचएम र एडिएचएममा तीन जना डिस्टिङ्सन सहित सबै विद्यार्थी पास आउट भएका छन् । आस्थमबाट एडिएचममा टपर र डिष्टिङ्सन अंक ल्याउने अनुप थापा र प्रज्ज्वल गुरूङ, डिएचएममा टपर सुस्मिता थापा, रक्षा शाह गुप्ता र  अन्जुली चौधरी लगायत विद्यार्थीलाई सम्मान गरिएको हो । 

    सुस्मिताले ८८.२० प्रतिशत, रक्षाले ८२.२० प्रतिशत,अन्जुलीले ८१.१० प्रतिशत,अनुप थापाले ८३.८२ प्रतिशत र प्रज्ज्वल गुरुङले  ८३.४५ प्रतिशत अंक सहित उत्कृष्टता हासिल गरेका हुन् । लुम्बिनी प्रदेशकै उत्कृष्ट होटेल म्यानेजमेन्ट तालिम केन्द्र रहेको आस्थमले पछिल्लो यो नतिजालुम्बिनी प्रदेशकै उत्कृष्ट रहेको दावी गरेको छ । 

    कार्यक्रममा आस्थमका प्रबन्धक निर्देशक जिएस गुरूङले बोल्दै होटल व्यवस्थापनको तालि आफैमा सीपमूलक र व्यवहारिक भएकाले कोही पनि बेरोजगार हुन नपर्ने बताए । 

    आस्थमले भोकेसनल एजुकेशनलाई जोड दिदै आएको बताउँदै निर्देशक गुरूङले यो कोर्ष अध्ययन गरेको विद्यार्थी ब्याचलर तेस्रो सेमेस्टरमाथि जुनकुनै देशमा गएर पनि आफ्‌नो अध्ययनलाई अघि बढाउन सक्ने बताए । 

    कार्यक्रममा संस्थाका कोअर्डिनेटर मिलन रानालेडिप्लोमा लेभलको होटल म्यानेजमेन्ट कोर्ष पूरा गरेपछि स्वेदश र विदेशमासजिलै रोजगारी पाउन वा आफै व्यवसायी बन्न सकिने बताए । आस्थमका पूर्व विद्यार्थी तथा होटल द फ्‌लामिंगोका सुपरभाइजर योगेश अधिकारीले स्वदेशमै हस्पिटालिटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले यहीं बसेर धेरै काम गर्न सकिने बताए । 

    आस्थम बुटवलको पहिलो दर्ता भएको होटल म्यानेजमेन्ट अध्यापन गराउने शैक्षिक संस्था हो । हालसम्म १० हजार भन्दा बढी विद्यार्थीले विभिन्न अवधिका तालिम पूरा गरेका छन् । 

    वि.स.२०६० सालमा स्थापना भएको आस्थमले १५ महिने र ६ महिने गरी एड्भान्स लेवलको होटल म्यानेजमेन्टको तालिम प्रदान गर्दै आएको छ । आस्थमले हरेक वर्ष एक महिना स्विजरल्याण्डबाट होटेल व्यवस्थापनका विज्ञ ल्याएर विद्यार्थीलाई सिकाउदै आएको छ । 

    सो अवसरमा आस्थमका तालीम संयोजक इश्वरमान थापा, विद्यार्थीहरु दिक्षा शाह लगायतले बोल्दै उत्कृष्ट व्यवस्थापन र विद्यार्थीमैत्री वातावरणका कारण आस्थमका विद्यार्थीको राम्रो नतिजा आएको बताए । आस्थममा डिएचएम, एडिएचएम र डिजिसिए को पढाई हुन्छ ।

    यी कोर्षको शत प्रतिशत इन्टर्नसीप र रोजगारीमा सहभागी, युकेबाट प्रमाणित कोर्ष, व्याचलरको दोस्रो र तेस्रो वर्ष विदेश पढ्न ट्रान्सफर गर्न सकिने, स्वीजरल्याण्डका दक्ष प्रशिक्षक र प्रयोगात्मकलाई आस्थमका सबल पक्ष रहेको विद्यार्थीहरुले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij