२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • बुटवल ।  भोजपुरमा एकै परिवारका चारजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारीअनुसार रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले सासु ससुरासहित चारजनाको हत्या गरेका हुन् ।

    प्रहरीका अनुसार बेलबहादुर गिरी, मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या भएको छ। ज्वाइँ राजेन्द्र राईले उनीहरुको सामूहिक हत्या गरेको प्रहरीले जनाएको छ । 


    राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि आफैँले प्रहरीलाई फोन गरेका थिए । मनिषा राजेन्द्रकी श्रीमती र सपन सालो भएको प्रहरीले जानकारी गराएको छ ।

    सासु, ससुरा, श्रीमती र सालोको हत्यामा संलग्न राईलाई भने प्रहरीले घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनको पेटमा पनि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

    कोसी प्रदेश प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार ससुराली गएका ज्वाइँले चारैजनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राईले आफू सुतिरहेको बेलामा छुरीले हानेर आफ्नो हत्या प्रयास भएपछि त्यही हतियारले सबैको हत्या गरेको बयान दिएका छन् ।

    उनी पनि घाइते अवस्थामा रहेकाले धेरै खुल्न बाँकी रहेको कार्कीले जानकारी दिए । प्रारम्भिक अवस्था हेर्दा भर्खरै विहे भएको र माइतीमा रहेकी श्रीमती लिन जाँदा विवाद भएको पाइएको छ ।

    उनले भने - “म सुतिरहेको बेलामा मलाई छुरी हाने, त्यही खोसेर मैले हानेँ भनेर राईले प्रारम्भिक बयान दिएका छन्, उनी पनि घाइते अवस्थामा भेटिएका हुन् ।"

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij