२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न

बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न

बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न

बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न

बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ २३ २०८२
सोमवार, आषाढ २३ २०८२
  • बुटवल । समृद्धि हेयर ड्रेसिङ बुटवलको आयोजनामा एकदिने ‘अम्यया ब्रान्ड’को नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार बुटवलमा सम्पन्न भएको छ। रसायनरहित (भेगन) कपाल उपचार तथा सुरक्षा प्रविधिबारे जानकारी गराउने उद्देश्यसहित आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशसहित विभिन्न जिल्लाबाट १५० जना हेयर स्टाइलिस्ट तथा ब्युटिसियनको सहभागिता रहेको समृद्धि हेयर ड्रेसिङका सञ्चालक मोहन ठाकुरले जानकारी दिए । 

    सञ्चालक ठाकुरका अनुसार अम्यया ब्रान्डले प्रयोगमा ल्याएको नानोप्लेक्स ट्रीटमेन्ट कपालको जरा, बनावट र सुरक्षालाई ध्यानमा राखेर तयार पारिएको प्राकृतिक सामाग्रीमा आधारित प्रविधि हो। कार्यक्रममा दाङ, बाँके, बर्दिया, नवलपरासी, चितवन, स्याङ्जालगायत विभिन्न स्थानबाट सहभागीहरू आएका थिए।

    _MG_0079.JPG

    सेमिनारमा अम्यया ब्रान्डका हेयर एक्सपर्ट सिवासिस दासले प्रयोगात्मक प्रदर्शन गर्दै नानोप्लेक्स ट्रीटमेन्टको सही तरिका र नयाँ शैलीहरुबारे प्रशिक्षण दिएका थिए। दासले रसायनरहित सामाग्री प्रयोग गर्दा सेवाग्राहीको कपाल मात्र होइन, ब्युटिसियनको स्वास्थ्य पनि जोगिने बताए।

    सञ्चालक ठाकुरले अम्यया ब्रान्डको प्रयोगले सलोनलाई ‘धुवा रहित’ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। "केमिकलको कारण उत्पन्न हुने धुवाँले सलोनमा काम गर्नेहरू र ग्राहक दुवैको स्वास्थ्यमा असर पुर्‍याउँछ," उनले भने, "भेगन उत्पादनको प्रयोगले यस समस्याबाट मुक्ति दिन्छ।"

    सेमिनारले स्थानीय तथा क्षेत्रीय स्तरका ब्युटिसियनहरूबीच व्यावसायिक ज्ञानको आदानप्रदान गर्दै नयाँ प्रविधिप्रति उत्साहित बनाएको सहभागिहरूले बताएका छन्। समृद्धि हेयर ड्रेसिङले भविष्यमा पनि यस्ता प्रविधिमैत्री र स्वास्थ्यकेन्द्रित तालिम कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij