२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

त्रिशूलीमा भेटियो दुई जनाको शव, बाढीले बगाएको आशंका

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । मंगलबार बिहान गजुरी गाउँपालिका–६, बेल्खुस्थित त्रिशूली नदीको किनारमा अन्दाजी ३६ वर्षीय पुरुषको शव भेटिएको हो ।

    यस्तै, गल्छी गाउँपालिका–२, केउरेनी टारस्थित त्रिशूली नदीको किनारबाट अन्दाजी ४० वर्षी पुरुषको शव भेटिएको छ ।

    उनीहरू दुवैको पहिचान खुलेको छैन । उनीहरूलाई बाढीले बगाएर ल्याएको हुन सक्ने धादिङ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार, शव आज बिहान ९ बजेतिर भेटिएको हो । अहिले त्रिशूली नदीमा बहाब बढेको छ ।

    उता चितवन प्रहरीले नारायणी नदीमा पनि बहाब बढ्न सक्ने भएकाले माइकिङ गरेर नदी किनारमा रहेकाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij