२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एसईई परीक्षाको समीक्षा

एसईई परीक्षाको समीक्षा

एसईई परीक्षाको समीक्षा

एसईई परीक्षाको समीक्षा

एसईई परीक्षाको समीक्षा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • बुटवल  । राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवलले २०८२ को एसईई परीक्षाको समीक्षा कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न गरेको छ । 


    लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलअन्तर्गतका रूपन्देही, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी(ब.सु.पु.) र नवलपरासी (ब.सु प)अन्तर्गतका सातवटा जिल्लाका १७० वटा परीक्षा केन्द्र मध्येबाट ३० वटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष , प्रधानाध्यापक तथा क्याम्पस प्रमुखहरूलाई पाँचवटा समूहमा विभाजन गरी परीक्षाका सैद्धान्तिक तथा नीतिगत समस्या, परीक्षा सञ्चालनमा व्यवहारिक जटिलता तथा समस्या, केन्द्राध्यक्षले परीक्षालाई व्यवस्थित गर्न गरेका प्रयासहरू, राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा केन्द्रले सुधार गर्नुपर्ने पक्षहरू र निष्कर्षहरूका सम्बन्धमा समूहगत रूपमा छलफल गरी प्रस्तुत गरिएको थियो । समूह ‘क’ बाट जनबोध मावि गुल्मीका प्रधानाध्यापक बामदेव ज्ञवाली समूह ‘ख’ को तर्फबाट केरवानी माविका प्रधानाध्यापक निर्मल ढुंगाना, समूह ‘ग’बाट कान्ति मावि बुटवलका प्रधानाध्यापक गोविन्द ज्ञवाली समूह ‘घ’ बाट नवीन औद्योगिक कदरबहादुर रीता मा.विका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत र समूह ‘ङ’को तर्फबाट कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले प्रस्तुत गरेका थिए । 


    अधिकांश समूहको तर्फबाट आएका सुझावहरूमा प्रश्नपत्रहरू अफलाइन व्यवस्थापन गर्नुपर्ने, परीक्षाको समय र मिति विद्यालय तहको पठनपाठनमा बाधा नपुग्ने गरी व्यवस्थापन गर्नुपर्ने, कक्षा १२ को बोर्ड परीक्षामा नेपाल प्रथम, नेपाल द्वितीय र नेपाल तृतीयहुने विद्यालयहरूको मूल्याङ्कन नीति परीक्षामा सहभागी विद्यार्थी संख्या कम्तीमा ५०० कायम गर्नुपर्ने, निरीक्षक तथा कर्मचारीहरूको पारिश्रमिक न्यून भएको हुनाले बढाइनुपर्ने, देशभरका परीक्षा केन्द्रहरूमा परीक्षामा एकरुपता ल्याउनुपर्ने, ठूला विद्यालयका विद्यार्थीहरूलाई बढीमा तीनवटा भन्दा बढी परीक्षा केन्द्रहरू कायम गराइनु नहुने, परीक्षाको अनुगमनलाई वैज्ञानिक, व्यवहारिक र थप व्यवस्थित गरिनुपर्ने, परीक्षालाई नियमन र प्रोत्साहनमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझावहरु प्राप्त भएका छन् ।


    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा परीक्षामा देखा परेका समस्या उपर छलफल गरी समाधानका उपायहरु प्रस्तुत गर्ने र आगामी परीक्षालाई थप व्यवस्थित गर्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा सुझावसहितको प्रतिवेदन पेश गर्ने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो । 


    राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीको अध्यक्षतामा शाखा अधिकृत बाबुराम भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डकि शाखा अधिकृत तारा पाण्डे, दीप बोर्डिङ हाई स्कुलका प्राचार्य टिकाराम न्यौपानेलगायतले धारणा व्यक्त गर्नुभएको नहरपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतमले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij