काठमाडौँ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र वागदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियान एकताबद्ध हुने भएको छ।
गौतम र नेपालबीच शुक्रबार पार्टी एकताबद्ध गर्ने औपचारिक सहमति भएको हो। उनीहरुले साउन २ गते राष्ट्रियसभा गृहमा एकता घोषणासभा गर्ने भएका छन् ।
एमालेमा बिग्रह चरम अवस्थामा पुगेपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएर बाहिरिएका थिए भने नेपालले एकीकृत समाजवादी गठन गरेका थिए ।
एमाले निर्माणमा महत्वपूर्ण भूमिका खेलका दुवै नेताले पार्टी समाहित गर्ने भएका हुन् ।
गौतम नेपालबीच भएको सहमति पत्रमा उल्लेख गरिएको छ, ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो। साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो।’
गौतमले आफू नेतृत्वको अभियानलाई यसअघि नै समाजवादीसँग मिलाउन तयार भए प नि एमालेमा प्रवेश दिने आश्वासन पाएपछि रोकिएका थिए ।
समाजवादीसँग एकता गर्ने प्रयास भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न आश्वास दिएर भाडे पनि यसपटक उनीहरु एकता गर्ने लिखित समझदारीमा पुगेका हुन्।




