२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देही–३ का मतदातालाई नामावली अद्यावधिक गर्न आग्रह

रुपन्देही–३ का मतदातालाई नामावली अद्यावधिक गर्न आग्रह

रुपन्देही–३ का मतदातालाई नामावली अद्यावधिक गर्न आग्रह

रुपन्देही–३ का मतदातालाई नामावली अद्यावधिक गर्न आग्रह

रुपन्देही–३ का मतदातालाई नामावली अद्यावधिक गर्न आग्रह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • बुटवल । निर्वाचन आयोगले रुपन्देही जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय गरेको छ ।

    आयोगका अनुसार मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कार्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरिनेछ ।

    उक्त मितिसम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने र सङ्कलित मतदाता विवरण साउन ४ गते आयोगको ‘वेबसाइट’ मा प्रकाशन गरिने आयोगका प्रवक्ता एवं सहसचिव निता पोखरेल अर्यालले जानकारी दिइन् ।

    आगामी साउन १५ देखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन र कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन सक्ने पनि आयोगले जनाएको छ ।

    यसै गरी, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन सङ्कलन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने लगायत कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको पनि प्रवक्ता अर्यालले जानकारी दिइन् ।

    यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी आगामी भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुने उनले बताइन् । मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन साउन १५ देखि २२ गतेसम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट समेत निवेदन, सूचना, उजुरी दिन सकिने आयोगले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij