२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पहिरो जान लागेको कसरी थाहा पाउने ? र के गर्ने ?

पहिरो जान लागेको कसरी थाहा पाउने ? र के गर्ने ?

पहिरो जान लागेको कसरी थाहा पाउने ? र के गर्ने ?

पहिरो जान लागेको कसरी थाहा पाउने ? र के गर्ने ?

पहिरो जान लागेको कसरी थाहा पाउने ? र के गर्ने ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । मनसुन सुरु भएसँगै बाढी र पहिरो जानेक्रम बढेको छ । बर्सेनि पहिरोका कारण सयौँ मानिसको ज्यान जाने गरेको छ । ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ । 

    त्यसैले पहिरोको जोखिम कम गर्न र यसबाट बच्न सरकारले आग्रह गर्दै आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने र सचेत भए यसबाट बच्न सकिने जनाएको छ ।

    पहिरो जानुअघि यसका पूर्वसंकेतहरू हुने र यसबारे जानीराखे क्षति कम गर्न सकिने प्राधिकरणको भनाइ छ । प्रायः सुख्खा रहेको भिरालो जमिन पानी नपर्दै रसाउँछ र भुक्क फुल्छ ।

    “जमीनमा चिरा परेको देखिनु, धाँजा फाट्नु र यो क्रम बढ्दै जानु, रुख, बिजुलिका खम्बा तथा घरहरू ढल्नु वा बांगो  देखिन्छ,” प्राधिकरणले भनेको छ, “जरुवा पानीको मुल सुक्नु तथा अस्वाभाविकरूपमा धमिलो हुनु अथवा नयाँ ठाउँबाट पानी पलाउन सुरु हुनु पहिरोका पूर्वसंकेत हुन् ।” 

    घरका भित्तामा चिरा देखिनु र यो बढ्दै जानु पनि पहिरोको संकेत हो । घरका झ्याल–ढोका बांगिनु र खोल्न गाह्रो हुनु पनि पहिरोको संकेत भएको प्राधिकरणले जनाएको छ । 

    भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु र ढुंगा–माटो खसेकोजस्तो आवाज आउनु पहिरोको पूर्वसंकेत भएको प्राधिकरणले जनाएको छ ।

    जमिनमुनीबाट चट्याङ फुटेकोजस्तो कट्कट् आवाज आउनु र जमिन थर्केकोजस्तो आवाज आउनु पनि पहिरो जाने संकेत हो । 

    यस्ता संकेत देखिए नआत्तिने तर तत्काल सुरक्षित स्थानतर्फ सर्नुपर्छ । उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई खबर गर्नुपर्ने प्राधिकरणले जनाएको छ । 

    पानी बग्ने खोल्सीतिर भाग्नु हुँदैन । माथितिर पानी परेको छ भने दायाँ वा बायाँतिर भाग्नुपर्ने जनाएको प्राधिकरणले स्थानीय निकायलाई खबर गरेर सहयोग गर्न आग्रह गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij