२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

एकल महिलाहरूको सशक्तिकरणका लागि अन्तरक्रिया

एकल महिलाहरूको सशक्तिकरणका लागि अन्तरक्रिया

एकल महिलाहरूको सशक्तिकरणका लागि अन्तरक्रिया

एकल महिलाहरूको सशक्तिकरणका लागि अन्तरक्रिया

एकल महिलाहरूको सशक्तिकरणका लागि अन्तरक्रिया
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बुटवल । मानव अधिकारको लागि महिला (डब्लुएचआर), एकल महिला समूह रुपन्देहीको आयोजनामा विशेष कार्यक्रम भैरहवास्थित अन्नपूर्ण होटलमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका १६ वटै पालिकाबाट सहभागी २४५ जना एकल महिलाहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रमको प्रमुख आतिथ्य लायन्स क्लब अफ पीएमजेएफ नेपाल २ औं उपजोन गभर्नर ३२५ पी आदरणीय मिना पन्थीले गर्नु भएको थियो। उहाँले एकल महिलाहरूको आर्थिक सशक्तिकरण र नेतृत्व विकासमा विशेष जोड दिनुभयो। "अबको एकल महिला आत्मनिर्भर हुनुपर्छ, संघसंस्थामा नेतृत्वदायी भूमिका लिनुपर्छ", उहाँको स्पष्ट भनाइ थियो।

    कार्यक्रमकी विशिष्ट अतिथि डब्लुएचआर केन्द्रीय अध्यक्ष कविता पाँडेले एकल महिलाहरू समयअनुसार परिवर्तनशील हुनुपर्ने बताउँदै सबै महिलाले आफूलाई सक्षम र सबल बनाउनु पर्नेमा जोड दिनुभयो। "हामी एकजुट भयौं भने, समाजका हरेक तहमा हाम्रो भूमिका हुनेछ", उहाँले शुभकामना मन्तव्यमा भन्नुभयो।

    कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष अरुणा श्रेष्ठ, निवर्तमान अध्यक्ष जानकी घिमिरे, सल्लाहकार पुष्पा शर्मा ढकाल, निवर्तमान जिल्ला सदस्य गोमा बश्याल, सदस्य सलुजा रामदाम, सिद्धार्थनगर नगरपालिकाकी अध्यक्ष रुपा पुनलगायतले मन्तव्य दिँदै एकल महिलाहरूका लागि संघसंस्था र समाज आज धेरै सकारात्मक बन्न थालेको र अझ सशक्त बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    कार्यक्रममा जिल्ला सदस्य रुपा भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव कला केसीले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता डब्लुएचआर रुपन्देहीकी अध्यक्ष रिता सेनले गर्नुभएको थियो। उहाँले सबै एकल महिलाहरूलाई आत्मविश्वासी, इमान्दार, जानेर बुझेर बोल्न सक्ने बन्न आह्वान गर्दै, हरेक क्षेत्रमा सहभागी हुने उद्देश्यसहित अघि बढ्न आग्रह गर्नुभयो।

    कार्यक्रममा सहभागी पालिकाहरूका अध्यक्षहरूलाई समेत सम्मान गरिएको थियो। आर्थिक अवस्था, नेतृत्व क्षमता र सामाजिक सहभागितामा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा व्यापक छलफलसमेत कार्यक्रमको विशेष पक्ष रह्यो।

    यो कार्यक्रम एकल महिलाहरूलाई सशक्त, आत्मनिर्भर र नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्ने महत्वपूर्ण प्रयासका रूपमा देखिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij