२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्यूठानमा १ सय ५० एकल महिलाले सुरु गरे "रातो अबिर अभियान"

प्यूठानमा १ सय ५० एकल महिलाले सुरु गरे "रातो अबिर अभियान"

प्यूठानमा १ सय ५० एकल महिलाले सुरु गरे "रातो अबिर अभियान"

प्यूठानमा १ सय ५० एकल महिलाले सुरु गरे "रातो अबिर अभियान"

प्यूठानमा १ सय ५० एकल महिलाले सुरु गरे "रातो अबिर अभियान"
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • प्यूठान । सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरुका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट प्युठानको ६४ वडाबाट करिब १ सय ५० जना महिलाले "रातो अबिर अभियानको"  सुरुवात गरेका छन।

    श्रीमान गुमाएर एकल जीवन बिताईरहँदा पनि सेतो पहिरनमा सजिदा समाजमा अपहेलित हुनुपरेको बताउँदै एकल महिलाहरुले रातो अबिर अभियान अवलम्बन गरेका हुन् ।

    "रातो रंग श्रीमानको उपहार नभएर प्रकृतिको उपहार "भएकोले एकल हुँदा रातो रंग प्रयोग गर्न हुँदैन भन्ने सामाजिक कु-संस्कार भएकोले कस्तो रंग पहिरन गर्ने भन्ने महिलाहरुलाई स्वतन्त्रता हुने कार्यक्रममा सहभागिहरुले बताए ।

    एकल महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले आईतबार र सोमबार गरि दुईदिन  प्यूठन जुम्रीमा आयोजित कार्यक्रममा सहभागी एकल महिलाहरुले आफ्ना दु:ख,कठिनाई र समाजबाट भएका हेपाई सुनाउँदै सबारी साधनमा समेत चढ्दा साईत बिग्रने भन्दै चालकले नचढाएको दुखेसो पोखे ।

    बैदेशिक रोजगारीको शिलशिलामा आफ्नो श्रीमानको ज्यान गुमायर आफू एकल जीवन बिताईरहेकी नौबहिनी गाउँपालिकाकी एक (परियार)महिलाले गहभरी आँसु लिई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद निमा गिरीको अगाडी उक्त दुख पोखिन् । समाजले एकल महिलाहरूलाई तिरस्कृत गरिरहेको, राजनैतिक दलहरुले पनि महिलाहरुको संबैधानिक हक कुण्ठित गरिरहेकोले `रातो अबिर´ अभियान सँगै अधिकारको उपभोगमा लाग्ने एकल महिलाहरुले उद्घोष गरेका छन् ।

    एकल  महिला अन्तगर्त बिहे नगरी बसेका एकल महिलाको पनि जीवन दुखदायी भएको र उनिहरुलाई पनि अरु एकल महिलासरह राज्यले सेवा सुबिधा दिनु पर्ने बताय।

    एकल महिलाको उक्त अभियान अब प्युठानको  ६४ वडा र सिङ्गो लुम्बिनी प्रदेशभरी पुर्याउनु पर्ने उद्घाटन समारोहका प्रमुख अतिथी तथा लुम्बिनी प्रदेश सभामुख  तुलाराम घर्तीमगरले बताउनु भयो। समापन कार्यक्रममलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले प्रमुख जिल्ला अधिकारिलाई एकल महिलाको समस्यालाई प्रो एक्टिभ भएर चासो दिन र  हिंशा  हुन नदिन महत्वपूर्ण भुमिका निर्बाह गर्न अनुरोध गरेकी छन।

    संभवत गणतन्त्र स्थापना पस्च्तात प्युठानमा  ६४ वडा समेट्ने गरि यो कार्यक्रम आएकोलुम्बिनी प्रदेश सांसद गिरीले दाबी गरिन् । 

    उनले भनिन्" हामिहरु जहिले पनि बिहान देखि साझ सम्म मध्यम बर्गसंग मात्र सम्बन्धमा रहने रहेछौ एकल महिला जो सङ पति हुनुहुन्न्न अथवा एकल जिन्दगी जिरहनु भएको छ उहाँहरुलाई कमैले चासो दिएको महसुस नभएपछी यो कार्यक्रममा बजेट बिनियोजन गराउन पहल गरेको हो ।  "

    लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तिमगरको प्रमुख आतिथ्यमा आईतबार उद्घाटन भएको उक्त कार्यक्रम प्यूठानबाट लुम्बिनी प्रदेश सांसद निमा गिरीको प्रमुख आतिथ्यमा शोमबार सम्पन्न गरिएको सामाजिक विकास डिभिजन कार्यालयका सूचना अधिकारी पारस भण्डारीले बताए ।

     कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दुर्गा रेग्मी, प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर याेगी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम भण्डारी, एकल महिला प्युठानको अध्यक्ष बिष्णु लवट, लुम्बिनी प्रदेश एकल महिला अध्यक्ष अरुणिमा श्रेष्ठ लगायतले बाेलेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij