२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धनमा उद्योगी व्यवसायीहरुको जोड

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धनमा उद्योगी व्यवसायीहरुको जोड

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धनमा उद्योगी व्यवसायीहरुको जोड

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धनमा उद्योगी व्यवसायीहरुको जोड

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धनमा उद्योगी व्यवसायीहरुको जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बुटवल । आर्थिक समृद्धि प्राप्त गर्नका लागि पर्यटन क्षेत्रको योजनावद्ध दिगो विकास र प्रर्वद्धन गर्न जरुरी रहेको पर्यटन क्षेत्रका अगुवा तथा उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् । 

    पर्यटन क्षेत्र विशाल उद्योग हो भन्ने मान्यता जबसम्म स्थापित गरेर त्यसका आयामहरु पहिचान गरि प्रर्वद्धन गर्ने काम हुदैन तबसम्म पर्यटन क्षेत्रले परिणाम दिदैन उनीहरुको भनाई छ । पर्यटनका सम्भावना पहिचान गरि आर्थिक समृद्धिसंग जोडेर लैजान पर्यटन क्षेत्रका अगुवाहरुको आग्रह पनि गरेका छन् ।

    रुपन्देही व्यापार संघको आयोजनामा लुम्बिनी केवलकार परिसर पाल्पाको बसन्तपुरमा भएको पर्यटन प्रर्वद्धनका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले बुटवलसहित समग्र रुपन्देही क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि योजनाबद्ध कार्यक्रम अगाडी बढाउन आग्रह गरेका थिए । यस क्षेत्रको पहिचान दिने गरि आन्तरिक र वाह्य पर्यटकहरुको आर्कषण बढाउन पर्यटन व्यवसायीहरुले एकिकृत कार्यक्रमहरु गर्नु पर्ने बताइएको छ । 


    कार्यक्रममा निजी क्षेत्रको साझेदारितामा पर्यटनको विकास र प्रवद्र्धन गर्नु जरुरी रहेको बताउदै कला, संस्कृति, रहनसहन, प्राकृतिक सम्पदा, ऐतिहासिक, भौगोलिक, धार्मिक, सांस्कृतिक क्षेत्रबाट रुपन्देहीको पर्यटन प्रवद्र्धन गर्ने योजना बनाउन आग्रह गरिएको थियो । 


    पर्यटकलाई लोभ्याउने प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक धरोहरहरुबाट हामी सम्पन्न हुदाहुदै पनि पर्यटन क्षेत्रमा रहेको अस्तव्यस्त व्यवस्थापनका कारणले फाइदा लिन नसकेको गुनासो कार्यक्रममा गरिएको थियो । 

    कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले पर्यटन प्रर्वद्धनका लागि यस क्षेत्रका पर्यटकिय पहिचानलाई उजागर गर्दै त्यसमा नीजि क्षेत्रले पहल अगाडी बढाउनु पर्ने बताउनु भयो । 

    उहाले सम्भावना भएर मात्रै कुनै पनि क्षेत्रको विकास हुन सक्दैन, त्यसका लागि व्यवस्थित, योजनाबद्ध काम र इच्छाशक्ति हुन आवश्यक छ भन्दै त्यसमा रुपन्देही व्यापार संघले नेतृत्व लिन जरुरी भएको धारणा राख्नु भयो ।

    मणीमुकुन्द सेन उद्यान संरक्षण समिति(फुलवारीपार्क) का अध्यक्ष माधव नेपालले पर्यटन क्षेत्रबाट प्राप्त हुने प्रतिफल लामो सयमसम्म लिन सकिने हुदा त्यसको विकासका लागि दस्तावेजिकरण जरुरी रहेको बताउनु भयो । उहाले हामीसंग रहेका पर्यटकिय आयामहरुको प्रचार र सदुपयोग गर्न सकेमा आर्थिक विकास धेरै टाढा नरहेको धारणा राख्नु भयो । 

    कार्यक्रममा रुपन्देही व्यापार संघका पूर्व अध्यक्षहरु मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, यमलाल लोहनी, संघ सल्लाहाकार परिषदका संयोजक तेजप्रसाद सुनार, आजिवन सदसइ परिषदका संयोजक होमराज बस्याल, सल्लाहाकारहरु वजिर शाहा, रणबहादुर खनाल, तुल्सीराम वञ्जाडे, आन्नद प्रसाद रेग्की, जोगलाल विक, सूर्यप्रसाद भट्टराई, बैकुण्ठ कोइराला, संघका प्रथम उपाध्यक्ष दयानीधि भण्डारी, द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे लगायत बोल्नु भएको थियो । 

    कार्यक्रम संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्थको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागतमा भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij