बुटवल । त्रिवि प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस एकाईको सभापतिमा डा.चिरन्जीवि देवकोटा चयन भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले डा. देवकोटाको नेतृत्वमा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।
समितिको उपसभापतिमा प्रेमप्रसाद पौडेल, सचिवमा होमनाथ चालिसे, सहसचिवमा बलवन्त कुर्मी र कोषाध्यक्षमा डा.तारानाथ भटट्राई र्निविरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक जिवनारायण अधिकारीले बताए ।
यस्तै सदस्यमा सुभाषचन्द्र चौधरी, कुमारी लक्ष्मी शर्मा, कृष्णप्रसाद पाण्डे, राजेशचन्द्र पौडेल, प्रभा पौडेल र गणेश महतो चयन भएको निर्वाचन समितिका संयोजक अधिकारीले बताए ।
नवनिर्वाचित सभापति डा. चिरन्जीवि देवकोटाले बुटवल बहुमुखीको शैक्षिक विकासका लागि सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।




