२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अर्घाखाँचीमा घाँस काट्न गएका दम्पत्तिको सुख्खा पहिरोमा पुरिएर मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बुटवल ।  अर्घाखाँचीमा घाँस काट्न गएका एक दम्पत्तिको सुख्खापहिरोमा पुरिएर मृत्यु भएकाे छ । भूमिकास्थान नगरपालिका १० धनचौर तल्लोपाकु गाउँमा मंगलबार बिहान घाँस काट्न गएका दम्पत्तिको पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

    पहिरोमा पुरिएर धनचौरका ६६ वर्षीय गोविन्द बुढामगर र श्रीमती वर्ष ६७ की श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु बिहान घरबाट आफ्नै खरबारी रहेको रोजा तुसारेपानीमा घाँस काट्न र चिउरी टिप्न गएका थिए ।

    दिउँसो १ बजेसम्म घरमा नआएपछि परिवारले खोजी गर्दा पहिरोले पुरिएर मृत्यु भएको अवस्था फेला परेको प्रहरी चौकी धनचौरले जानकारी दिएको छ । सुक्खा पहिरो झरी दम्पतीलाई पुरेको हो । मृतक दम्पतीको घरमा बुहारी र नातिना थिए ।

    उनीहरूका तीन छोरी र दुई छोरा छन् । एक छोरा विदेश र एक पोखरा छन् । सबै छोरीको विवाह भैसकेको छ । प्रहरीका अनुसार बिहान करिब ९ बजे पहिरो गएपनि अबेरसम्म घर नआएपछि प्रहरीलाई खबर गरिएको र करिब १ बजेतिर धनचौर प्रहरीको टोली पुगेर उनीहरुलाई मृतअवस्थामा निकालिएको हो । अहिले उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij