२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रुपन्देहीको तिलोत्तमामा एकै घरबाट २३ वटा विषालु 'कमन कोब्रा'

रुपन्देहीको तिलोत्तमामा एकै घरबाट २३ वटा विषालु 'कमन कोब्रा'

रुपन्देहीको तिलोत्तमामा एकै घरबाट २३ वटा विषालु 'कमन कोब्रा'

रुपन्देहीको तिलोत्तमामा एकै घरबाट २३ वटा विषालु 'कमन कोब्रा'

रुपन्देहीको तिलोत्तमामा एकै घरबाट २३ वटा विषालु 'कमन कोब्रा'
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • बुटवल । रुपन्देहीको तिलोत्तमा-५ प्रेमनगरस्थित एकै घरबाट २३ वटा विषालु 'कमन कोब्रा'का बच्चा उद्धार गरिएको छ। सर्प उद्धारकर्ताको टोलीले डिलराम अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच दिन लगाएर उद्धार गरेको हो।

    असार २२ गते अर्याललाई आफ्नै भान्साकोठामा सर्पले डस्यो। तत्कालै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइएका उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ। यही घटनापछि घरमा सर्प खोज्ने क्रममा यस्तो अवस्था फेला परेको हो। अर्याललाई सर्पले टोकेपछि खबर पाएर सर्प उद्धारकर्ता विशाल पाण्डेको टोली उनको घर पुगेको थियो। पाण्डेले सुरूमा ढोकामा एउटा कोब्रा देखेर उद्धार गरे।

    तर, घरभित्र खोजी गर्दा भान्साकोठाको र्याकमुनि कोब्राले गुँड नै बनाएर बच्चा कोरलेको अवस्थामा भेटियो। त्यसपछि विशालसहितको टोलीले पाँच दिन लगाएर कुल २३ वटा कोब्राका बच्चालाई सुरक्षित रूपमा उद्धार गर्यो। उद्धारकर्ता विशाल पाण्डेले भने, ‘पहिलो दिन पाँच वटा सर्पको उद्धार गरियो। पछि शंका लागेर र्याक फोरेर मुनि हेर्दा अरू थप सर्प भेटिए।’

    यो चुनौतीपूर्ण उद्धारमा उनका बुवा खिमलाल पाण्डे, भाइ विश्वास पाण्डे तथा टोलीका अन्य सदस्य सागर पाण्डे, नवीन पौडेल र युवराज तिवारी पनि खटिएका थिए।

    पाण्डेका अनुसार, बच्चा सर्पहरूलाई उद्धार गर्ने क्रममा घरको भुइँ भासिएकाले माउ कोब्रा भने उम्किएको र फेला पार्न सकिएन। उनले एउटै घरमा यति ठूलो संख्यामा कोब्रा भेटिनु दुर्लभ भएको बताए।

    रोचक कुरा त के छ भने, १३ वर्षअघि पनि विशालका बुवा खिमलालले सोही घरबाट ११ वटा कोब्राका बच्चा उद्धार गरेका थिए।सर्पबाट बच्नका लागि घरवरिपरि झाडी सफा राख्न, दाउरा वा परालको थुप्रो व्यवस्थित गर्न र फोहोरमैला जम्मा हुन नदिन पाण्डेले सुझाव दिएका छन्।

    उनले भने, ‘सर्प देख्नासाथ नआत्तिनुहोस्। त्यसलाई जिस्काउने वा मार्ने प्रयास नगर्नुहोस्, किनकि सर्पले आत्मरक्षाका लागि मात्र टोक्छ। सुरक्षित दूरी कायम गरी तुरुन्तै सर्प उद्धारकर्तालाई खबर गर्नुहोस्।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij