२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विराटनगर कोइराला निवास पुगेर खाँणले भने– पवित्र भूमि

विराटनगर कोइराला निवास पुगेर खाँणले भने– पवित्र भूमि

विराटनगर कोइराला निवास पुगेर खाँणले भने– पवित्र भूमि

विराटनगर कोइराला निवास पुगेर खाँणले भने– पवित्र भूमि

विराटनगर कोइराला निवास पुगेर खाँणले भने– पवित्र भूमि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • विराटनगर । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण मोरङको विराटनगरस्थित कोइराला निवास पुगेका छन् । बुधबार (असार ३२) बिहान पार्टी सहमहामन्त्री महेन्द्र यादव र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासँग उनी कोइराला निवास पुगेका हुन् ।

    उनले राजनीतिक परिवर्तनका निम्ति कोइराला निवासले गरेको योगदानको चर्चा गरे । नेपाल–भारतमैत्री संघको कार्यक्रममा सहभागी हुन उनी मंगलबार (असार ३१) विराटनगर आएका हुन् ।

    कोइराला निवास कांग्रेसजनका निम्ति ‘साझा र पवित्र भूमि’ भएको उनले बताए । उनले भने ‘‘यहाँ आउनु भनेको एउटा पवित्र भूमिमा आएजस्तै हो । यसलाई राजनीतिक गुटसँग जोडेर हेरिनु हुन्न । निवासलाई गुटको हिसाबले हेरिनु हुँदैन ।’’

    नेता खाँणले लोकतन्त्र प्राप्तिका निम्ति बीपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाजस्ता नेताहरूको भावनात्मक सम्बन्ध निवास र आमनागरिकसँग रहेको बताए ।

    हालै पार्टीले गरेको अनुशासनसम्बन्धी कारबाहीको केन्द्रीय समितिले समीक्षा गरेर आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिए । पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबैको उत्तिकै भूमिका रहेको उनले उल्लेख गरे । उनले भने, ‘‘सभापति सफल हुँदा मात्र पार्टी हुने हो ।’’

    कांग्रेसको १५औँ महाधिवेशन समयमै हुनेमा आफू विश्वस्त रहेको उनले बताए । विशेष परिस्थितिमा एक वर्ष थपेर महाधिवेशन गर्न सकिने व्यवस्था रहेको उनले सुनाए । खाँणले वर्तमान सरकारका कमजोरी सुधार गर्ने प्रशस्तै ठाउँ रहेको औँल्याए । आउँदो आमनिर्वाचनसम्मै यो सरकार अघि बढ्नुपर्ने पक्षमा आफू रहेको उनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij