२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अनर्गगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण

अनर्गगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण

अनर्गगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण

अनर्गगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण

अनर्गगल प्रचारप्रति गम्भीर ध्यानाकर्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • बुटवल ।  निजी क्षेत्रबाट ३७ वर्षदेखि निरन्तर प्रकाशित नेपालकै पुरानो र गौरवपूर्ण इतिहास बोकेको ‘क’ वर्गको राष्ट्रिय दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेसन्स प्रालि प्रकाशन तथा प्रशारण समाजबाट अलग भएको छ । 

    पत्रिकामा प्रकाशित सरकारी विज्ञापन र यससंग  लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकाललाई जोडेर लाञ्छित गर्ने गरी  केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    ‘जनपक्षीय पत्रकारितामार्फत स्वच्छ छवि कायम गर्दै  अघि बढेको पत्रिकामा प्रकाशन भएको विज्ञापनका विषयमा मन्त्रीलाई जोडेर तथ्यहीन समाचार प्रकाशन गर्नु निन्दनीय छ नै,पत्रकार आचार संहिताले समेत अर्को सञ्चारमाध्यम विरुद्ध विना प्रमाण निहीत स्वार्थ र पुर्वाग्रह प्रेरित भएर समाचार प्रकाशन गर्नु अनुचित भनेको छ’–प्रालिले निकालेको विज्ञप्तिमा उल्लेख छ ।  
       

    तहगत सरकारका विभिन्न कार्यालयबाट विज्ञापनहरु स्वभाविक प्रक्रियाबाट नै प्राप्त हुने विषयलाई सहन ÷ स्वीकार गर्न नसकी फरक सञ्चार माध्यम र मन्त्रीलाई तथ्यहीन आरोप लगाएर संगठित रूपमा प्रायोजित समाचार प्रकाशन गर्नुले मर्यादित पत्रकारितामाथि नै प्रश्न उब्जाएको विज्ञप्तिमा उल्लेख छ । कुनै सञ्चारमाध्यममा कहिलेकांही एक दुई वटा विज्ञापन बढी छापिंदैमा व्यवसायिक धर्म र मर्यादा बिर्सेर अर्नगल प्रचार गर्नु गलत भएको विज्ञप्तिमा उल्लेख छ । 

    प्रकाशन तथा प्रसारण समाज लुम्बिनीका अगुवाहरु नै बसेर निर्णय गर्ने र कसैमाथि संगठित प्रहार गर्ने गैर–व्यवसायिक र बदनियतपूर्ण क्रियाकलापप्रति खेद व्यक्त गर्दै सञ्चालक समितिको निर्णय अनुसार सिद्धार्थ पब्लिकेशन प्रा.लि. उक्त समाजबाट अलग भएको सरोकारवाला सबैमा  जानकारी गराएको छ ।

    प्रालिले सदैव जनपक्षीय, स्वच्छ र मर्यादित पत्रकारितामा अविचलित भएर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij