२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

रोटरीका अफिसियललाई लनिङ सेमिनार

रोटरीका अफिसियललाई लनिङ सेमिनार

रोटरीका अफिसियललाई लनिङ सेमिनार

रोटरीका अफिसियललाई लनिङ सेमिनार

रोटरीका अफिसियललाई लनिङ सेमिनार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • बुटवल । रोटरी क्लव अफ बुटवलको सन २०२५ । २६ का लागि नव निर्वाचित नयां कार्य समितिले रोटरीले अगाडी बढाएका कार्यक्रमको प्रभावकारिता कसरी बढाउन सकिन्छ भनेर क्लव भित्रका अफिशियल र सदस्यहरुलाई  क्लव अफिसर लनिङ शेमिनार गरेको छ ।

    बिशेष गरि क्लवको पहिलो बैठकले  स्वास्थ्य ,शिक्षा र खानेपानीका क्षेत्रमा सहयोग गर्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरेको थियो  । 

    सोही अनुसार क्लवले अफिशियल र सदस्यहरुलाई  क्लव अफिसर लनिङ शेमिनार आयोजना गरेर रोटरी क्लवको मोटोलाई आत्मसाथ गरि यसको प्रभावकारी समाजमा कसरी बढाउन सकिन्छ भनेवारेमा क्लवका एजी हरि लम्सालले प्रशिक्षण प्रदान गरे ।

    एजी लम्सालले केही न केही पेशा व्यवसाय गरेको व्यक्तिले मात्र रोटरीको सदस्य हुन सक्ने भन्दै पेशा अनुसारको परियोजना संचालनका लागि सहभागिता जनाउनका लागि सहज हुने बताए ।

    कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले  सामाजिक काय संगै क्लवमा सदस्यता बद्धिलाई पनि प्राथमिकता दिन सबै सदस्यहरुलाई आह्वान गरे ।सेमिनारमा पूर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरी ईन्टरनेशन प्रेसिडेन्डको वारेमा प्रकाश पारे ।  त्यस्तै अर्का पूर्व अध्यक्ष राजेन्द्र लम्सालले रोटरीका सदस्यहरुलाई रोटरीको महत्व र यसले गर्ने कार्यहरुको प्रभावकारीता कसरी बढाउन सकिन्छ भन्नेवारेमा प्रकाश पार्नु भएकोक्लवका मिडिया प्रशन गोबिन्द खनालले बताए । 

    त्यस्तै क्लवमा नेतृत्व प्राप्त गरेपछि नवनिर्वाचित टीमले भारतको गोरखपुरको मिड टाउन क्लवसंगको भगिनी सम्बन्धलाई नविकरण गर्नु का साथ २४ औं पदस्थापना समारोहमा सहभागिता जनाएको थियो । 

    सो अवसरमा क्लवकी अध्यक्ष कल्पना जेनले स्वागत गर्नु भएको रोटरी क्लव अफ बुटवलका सचिव शिव ज्ञवालीले बताए ।क्लवले शिक्षा क्षेत्रमा बुटवल र सैनामैनाका एक एक सामुदायीक विद्यालयमा कम्तीमा २५ सेट कम्यूटर सहितको ल्याब स्थापना गर्ने द्धृष्टि बिहिन विद्यार्थीलाई सेतो छडी वितरण गर्ने, र खानेपानी तर्फ गुल्मीको दिबरुङमा खानपानी परियोजना संचालन गर्नेे निर्णय गरेको अध्यक्ष पराजुलीले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij