२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

आयोजना प्रमुख नफेर्न र तीन ‘सिफ्ट’मा काम गर्ने व्यवस्था मिलाउन निर्देशन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । अर्थ मन्त्रालयले आयोजना प्रमुखलाई आयोजना नसकिएसम्म नफेर्न निर्देशन दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमार्फत कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अंक हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने गरी मापदण्ड तयार गरी कार्यान्वयन गर्न भनेको हो ।

    "आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाको आधारमा आयोजना प्रमुख छनोट गर्ने र कार्यसम्पादन सम्झौतामा तोकिएको न्यूनतम अंक हासिल नगरेमा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने गरी मापदण्ड तयार गरी कार्यान्वयन गर्नु हुनेछ," बुँदा नम्बर २८ मा उल्लेख छ ।

    यसका साथै, आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न र तोकिएको समयमा नै सम्पन्न गर्न तथा तीव्रता ल्याउन दैनिक तीन ‘सिफ्ट’मा काम हुने व्यवस्था मिलाउन पनि सो बुँदामा भनिएको छ ।

    सार्वजनिक खरिदसम्बन्धी नमुना बोलपत्र कागजात निर्माण, परिमार्जन र नेपालीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । नतिजाप्रति आयोजना प्रमुख र निर्माण व्यवसायीलाई थप जवाफदेही बनाउन पनि भनिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij