बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन, रुपन्देही–लुम्बिनीले आफ्नो गौरवपूर्ण ३० औं वार्षिकोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
साउन ४ गते बिहान ८:०० बजेबाट बुटवल अटो भिलेजस्थित श्री बिस्वकर्मा बाबा प्रशिक्षण हल, वडा नं. २ मा कार्यक्रम हुने कार्यक्रम संयाेजक राेशन पाण्डेले जानकारी दिए ।
कार्यक्रममा उपस्थित हुने सेवाग्राहीहरूले हाडजोर्नी, पेट तथा पाचन प्रणाली, मानसिक स्वास्थ्य, मुटु तथा प्रेसर, दाँत, आँखा लगायत विभिन्न रोगहरूको निःशुल्क परीक्षण गराउन सक्नेछन्। साथै, ल्याब परीक्षण पनि निःशुल्क उपलब्ध गराइजानकारी गराउँदै अध्यक्ष अध्यक्ष प्रेम गाैचनले कार्यक्रममा सम्पूर्ण अटो व्यवसायी, स्थानीय बासिन्दा, अभिभावक, युवायुवती तथा बुटवलवासीलाई उपस्थित भई सेवाको लाभ लिन आग्रह गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा दक्ष चिकित्सक तथा प्राविधिकहरूको सहभागितामा स्वास्थ्य परीक्षण गरिनेछ। वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सोम आले, पेट, आन्द्रा, कलेजो, फोक्सो, मुटु, प्रेसर तथा सुगर रोग विशेषज्ञ डा. पताल गिरि, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. बिनय के.सी., मानसिक तथा नसा रोग विशेषज्ञ डा. मौसमी थापा, दन्त चिकित्सक डा. सुमन क्षत्री, वरिष्ठ नेत्र सहायक मनोहर न्यौपाने, नेत्र सहायक माला चौधरीले स्वास्थ्य परिक्षण गर्नेछन् ।
साेही अवसरमा बृहत रक्तदान अभियान हुनेछ। आयोजकले यस अवसरमा धेरै संख्यामा स्वयंसेवी रक्तदाता सहभागी हुने अपेक्षा गरेको छ। रक्तदानमार्फत आपतकालीन अवस्थामा ज्यान बचाउन सकिने भएकाले यसको सामाजिक महत्व अत्यन्तै उच्च हुने एसोसिएसनले जनाएको छ।
सिर्जनशील अटो व्यवसायीहरूको साझा संस्था बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसनले व्यवसायिक हितसँगै सामाजिक उत्तरदायित्वमा पनि आफ्नो सक्रिय उपस्थिति जनाउँदै आएको छ। वार्षिकोत्सवको अवसरमा आयोजना गरिने यस्ता कार्यक्रमहरू समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको एसोसिएसनले जनाएको छ।




