२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

नेपालगञ्ज विमानस्थलस्थित विपद् सामग्री गोदामको मन्त्रीद्वारा निरीक्षण

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • बाँके ।  नेपालगञ्ज विमानस्थलमा रहेको विपद् सामग्री गोदामको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले निरीक्षण गरेका छन ।

    विपद् व्यवस्थापनका लागि पूर्वतयारी अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री अग्रवालले जुनसुकै बेला आउन सक्ने विपद्को सामना गर्न सबै सरोकारवाला निकायलाई अझ जिम्मेवार र सतर्क रहन आग्रह गरेका छन ।

    निरीक्षणको क्रममा मन्त्री अग्रवालले गोदाममा संकलन गरिएको सामग्रीको अवस्थाबारे जानकारी लिएका थिए ।  आपत्कालीन अवस्थामा सामाग्रीकाे  उपयोग प्रभावकारी हुने सुनिश्चितता आवश्यक रहेकोमा उनकाे जाेड छ ।

    लुम्बिनी प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा अग्रसर रहदै विपद् प्रतिकार्य याेजनाकाे प्रभावकारी कार्यान्वयनमा ध्यान दिइएको छ ।  साथै, विपद् आउनु अघि नै तयार रहनुपर्ने अवधारणालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि जनाइएको छ ।

    सो अवसरमा बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, नेपाली सेनाका अधिकृत, बाँकेका प्रहरी प्रमुख तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij