२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रण अम्बिका आखाँ अस्पतालमा ५ हजार बढिले लिए नाक, कान, घाटीरोगकाे विशेषज्ञ सेवा

रण अम्बिका आखाँ अस्पतालमा ५ हजार बढिले लिए नाक, कान, घाटीरोगकाे विशेषज्ञ सेवा

रण अम्बिका आखाँ अस्पतालमा ५ हजार बढिले लिए नाक, कान, घाटीरोगकाे विशेषज्ञ सेवा

रण अम्बिका आखाँ अस्पतालमा ५ हजार बढिले लिए नाक, कान, घाटीरोगकाे विशेषज्ञ सेवा

रण अम्बिका आखाँ अस्पतालमा ५ हजार बढिले लिए नाक, कान, घाटीरोगकाे विशेषज्ञ सेवा
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शनिवार, श्रावण ३ २०८२
शनिवार, श्रावण ३ २०८२
  • भैरहवा । वषौँ देखि आखा उपचारमा सेवा दिदै आएको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालले ५ हजार बढिलाई नाक कान घाटी तथा थाइराइड रोग विशेषज्ञ सहितको सेवा दिएको छ । 

    नेपाल नेत्र ज्योति संघको योजना अनुसार आखा सम्बन्धि सबै सेवा प्रदान गर्दै आएको अस्पतालले गत वर्ष देखि नाक कान घाटी तथा थाइराइड रोगको विशेषज्ञ सेवा दिदै आएको हो । संघले आखाँको सबै उपचारसगै नाक कान घाटीको पनि सेवा दिनुपर्ने उद्धेश्य राखेकोले विरामीहरुको सहजताका लागि शल्यक्रिया सहितको सेवा दिने योजना अनुरुप ओपिडी र शल्यक्रिया सेवा दिदै आएको छ ।

    खा, नाक, कान, घाटी बीच अन्तरसम्बन्ध रहेकोले एकै छाना मुनि यो सेवा दिदै आएको अस्पतालले जनाएको छ । अस्पतालका उपप्रबन्धक तुलसी प्रसाद पराजुलीका अनुसार आखाको उपचारसँगै एक वर्षको अवधिमा ३ हजार १० महिला सहित ५ हजार ४ सय ५० जनालाई नाक, कान, घाटीको उपचार सेवा प्रदान गरेको बताए । २०८१ साउन १ गते बाट यो सेवा को सुरुवात गरेकोमा कान, नाक र घाटी सम्बन्धी समस्याहरु लिएर नेपालका मात्र नभई भारतको विभिन्न क्षेत्रबाट सेवाग्राहीहरु आउने गरेको बताए । सेवा सुभारम्भको एक वर्ष वित्दा ४ हजार ३ सय १६ जना व्यस्क र १ हजार १ सय ३४ जनाले उपचार सेवा लिएका छन, विरामीहरुको चाप बढ्दै गएको उनले भने । 

    सेवालाई थप व्यवस्थित गर्दै नया प्रविधिको मेसिन पनि संचालनमा ल्याएका छौ । उपचारमा सहजताका लागि एनपीएल मेसिन, ट्रिटमेन्ट युनिट, माइक्रोस्कोप सहितको व्यवस्थापन गरेका छौ । विरामीहरुको चाप बढ्दै गएकोले जनशक्ति र सेवालाई बढाउदै शल्यक्रिया कक्ष सम्मको योजना अस्पतालले बनाएको र छिटै संचालनमा आउने बताए । 

    अस्पतालको यो सेवाको नेतृत्व नाक कान घाटी तथा थाइराइड रोगका विशेषज्ञ डाक्टर मिलन सेढाईले गरिरहेका छन । उनी सहित २ जना प्राविधिक र अन्य सहयोगी सहितको टिमले उपचार सेवा प्रदान गरिरहेका छन । डाक्टर सेढाईका अनुसार अस्पतालमा ओपिडीका लागि चाहिनै सबै सेवा फुल फेजमा रहेको बताए । सुक्ष्मको अध्ययनका लागि माइक्रोस्कोप सहितको उपकरण र सबै उमेर समूहका लागि नाक, कान, घाटी, स्वर यन्त्र, खाना नली लगायतको जाँचको लागि आवश्यक फेल्कजीवल एनपीएल (नेसोफ्रेन्ग्स्कोप) सहितको सेवा सुरु भएको डा सेढाईले भने । 

    उनले यो उपकरणको सहायताले उपचारमा धेरै सहजता हुनुको साथै यस क्षेत्रमै सस्तो सर्वसुलभ दरमा इएनटीको समस्याको जाँच गरी सिमित अवस्थामा कलर रिर्पोट सहित भिडियो र फोटोग्राफी सहितको रिर्पोट आउने बताए । समान्य सर्जरीको काम भएपनि अबको केही समयमा इएनटीको वार्ड, अपरेशन त्रियटर सहितको  सेवा सुरु हुदैछ  भने एक वर्षमा अडियोलोजी विभाग बनाउने योजना समेत रहेको डा सेढाईले भने । हामीले उपचार सेवालाई विस्तार गर्र्दे रुपन्देहीका सबै आखा उपचार केन्द्रका लागि तालिम प्राप्त जनशक्ति पनि तयार गरेका छौ, जसबाट जिल्लाका सबै आखा उपचार केन्द्रमा नाक, कान घाटीको सेवा प्रदान हुदै आएको र विशेषज्ञ सहितको टोली मासिक रुपमा सबै केन्द्रमा उपचार सेवा प्रदान गर्ने गरेका छन । 

    विरामीहरुको चाप क्रमश बढ्दै गएकोे भएको जनशक्ति बाहेक १ जना कन्सल्टेन्ट सहित २ जना प्राविधिक र अन्य सहयोगीहरुको आवश्यकता रहेकोले सेवालाई अझै चुस्त र दुरुस्त बनाउन जरुरी रहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij