२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेलले गरे प्यानलसहित उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेलले गरे प्यानलसहित उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेलले गरे प्यानलसहित उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेलले गरे प्यानलसहित उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि पौडेलले गरे प्यानलसहित उम्मेदवारी घोषणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • बुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि व्यवसायी नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

    बुधबार बुटवलमा पत्रकार सम्मेलनमार्फत् पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गर्दै २० बुँदे प्रतिवद्धतासमेत सार्वजनिक गरेको छ । यही असोज २३ गतेदेखि शुरू हुने संघको ७३ औं वार्षिक साधारणसभा तथा २६ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।

    संघको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पौडेल संघका पूर्ववाणिज्य उपाध्यक्ष तथा बुटवल–४ का वडाध्यक्षसमेत हुन् । 
    उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै, उद्योग उपाध्यक्षमा निर्मित कसजु, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतीक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं र सह–कोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु)ले उम्मेदवारी घोषणा गरेका छन् ।

    यसैगरी, एशोसियट सदस्यमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यमा सुनिता बञ्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । 

    वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्ननाथ न्यौपाने र रामबहादुर भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् भने महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यमा विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ, शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् ।

    व्यवसायी पौडेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायीका समस्या समाधान, संघको संस्थागत सुदृढीकरण, औद्योगिक क्षेत्रको व्यवस्थापन तथा निजी क्षेत्रको हितलाई प्राथमिकतामा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताए । 

    उनले पछिल्लो समय सुस्ताउँदै गएको बुटवलको बजारलाई पुन: चलायमान बनाउँदै बुटवललाई आर्थिक शहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए । 

    यसपटक उद्योगी–व्यवसायीले आफूलाई नेतृत्वको जिम्मेवारी दिने विश्वास व्यक्त गर्दै पौडेलले सबै क्षेत्रका व्यवसायीको साथ र सहयोग प्राप्त हुने दाबी गरे । उद्योगी व्यवसायीहरूसँग सहज रूपमा घुलमिल हुने र सबैसँग समन्वय गरेर अघि बढ्न सक्ने क्षमता भएका पौडेल उद्योगी–व्यवसायीहरुमा लोकप्रिय मानिन्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij