२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेपाल–भारतका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुँदै

नेपाल–भारतका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुँदै

नेपाल–भारतका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुँदै

नेपाल–भारतका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुँदै

नेपाल–भारतका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । नेपाल सरकार र भारत सरकारका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुने भएको छ ।

    गृहसचिव स्तरीय छलफल मंगलबार हुने तय भएको छ । त्यसका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोली सोमबार नयाँ दिल्ली प्रस्थान गर्ने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।

    उनका अनुसार गृहसचिवसहित १२ सदस्यीय टोली नयाँ दिल्ली जाने । जहाँ गृहसचिव गोकर्णमणि दुवाडीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एकरएक जना एआईजी, परराष्ट्रट मन्त्रालय, कानून मन्त्रालयका सहसचिव, नापी विभागका महानिर्देशकसहितको टोली नयाँ दिल्ली जान लागेको हो ।

    यो छलफल विशेषगरी सुरक्षासँग समन्धीत हुने प्रवक्ता तिवारीले बताए । जहाँ क्रस बोर्डर क्राइम, सीमा सुरक्षा, सूचना संयन्त्र तथा इन्टेलिजेन्स, लागुऔषध नियन्त्रण र चोरी तस्करी लगायत विषयमा छलफल हुने बताइएको छ ।


    त्यसैगरी पारस्परिक कानुनी सहायता (एमएलए) को विषयमा पनि छलफल हुने बताइएको छ । हरेक वर्ष बस्दै आएको गृहसचिवस्तरीय छलफल सन् २०१६ पछि बस्न सकेको थिएन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij