बुटवल । लियो डिष्ट्रिक्ट ३२५ पि, नेपालको प्रथम बोर्ड बैठकमा सम्पन्न भएकाे छ । क्लवका यस वर्षका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षतामा आयोजना गरिएको बैठकमा लियो एडभाइजर लियो लायन रविन जोशीका साथै, डिष्ट्रिक्ट अफिसरहरू, एरिया प्रमुख तथा उप–प्रमुखहरू, रिजन अध्यक्षहरू लगायत लियो नेतृत्व तहका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
साे अवसरमा लायन्स क्लब इन्टरनेशनलद्वारा प्रदान गरिने ए.एल.एल.आई. तथा आर.एल.एल.आई. प्रशिक्षण कार्यक्रमको तयारीबारे समेत विस्तृत छलफल भएकाे क्लवका साेसल मिडिया प्रमाेशन डाइरेक्टर माेहित थापाले जानकारी दिए । उनका अनुसार
यही बैठकमा प्रथम काउन्सिल मिटिङको आयोजना सम्बन्धी योजना र तयारीबारे समेत छलफल भएकाे थियाे । बैठकले आगामी कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेतृत्व, समन्वय र सहभागितालाई अझ सशक्त बनाउने अठोट व्यक्त गरेको सचिव श्रीधर कुँवरले बताए ।




