२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल अटोको ३० औँ स्थापना दिवस : १ सय आठ अटो व्यवसायी तथा मजदुरको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल अटोको ३० औँ स्थापना दिवस : १ सय आठ अटो व्यवसायी तथा मजदुरको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल अटोको ३० औँ स्थापना दिवस : १ सय आठ अटो व्यवसायी तथा मजदुरको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल अटोको ३० औँ स्थापना दिवस : १ सय आठ अटो व्यवसायी तथा मजदुरको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल अटोको ३० औँ स्थापना दिवस : १ सय आठ अटो व्यवसायी तथा मजदुरको निशुल्क स्वास्थ्य परिक्षण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही, लुम्बिनीको ३०औँ स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम शुरु भएका छन् ।


     साउन ४ गते आइतबारदेखि शुरु भएको स्थापना दिवसको पहिलो कार्यक्रम निुशल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको उद्धाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आफु अटो व्यवसायीको हकहितमा काम गरिरहेको दाबी गर्दै आवश्यक बजेट तथा अन्य सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


    उनले अब मैनाबगरमा ईभि गाडिको पनि मर्मत हुनेगरि सम्पूर्ण व्यवस्थापनको कामहरु गर्न आग्रह गर्दै हरियाली मैनाबगर बनाउनुका साथै दानब नदी करिडोर क्षेत्रले बिस्थापीत हुने व्यवसायीको प्रतिस्थापन सहितको एजेण्डा पारित गरेर आउन सुझाब दिए ।


    उनले अटोभिलेजको क्षेत्रमा उपमहानगरले आफुखुसी निर्णय नगरेको बताउँदै आगामी दिनमा पनि निर्णय नगर्ने भएकोले सभाबाट पारित गरेर आएमा जस्तोसुकै कार्यकालागि पनि बुटवल सहकार्य गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे । उनले बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रूपन्देही भन्दा अघि कर्णेल उजिरसिंह नाम थपेर पहिचान स्थापना गर्न कार्यसमितिलाई सुझाब समेत दिए ।

    कार्यक्रममा सस्थापक अध्यक्ष खडक बहादुर गौतमले संस्था स्थापनाको अवस्था देखी अहिलेसम्म आईपुग्दाको बारेमा उल्लेख गर्दै अझैपनि जनशक्ति अभावको समस्या अटो क्षेत्रमा देखिईरहेको बताए । उनले यो क्षेत्रलाई राज्य तथा अन्य समुदायको नजरमा माथि उठ्न नसेकेको उल्लेख गर्दै सम्मान उचो हुनेगरि कार्य गर्न व्यवसायीलाई सुझाब दिए ।


    संस्थाका अध्यक्ष प्रेम गौचनले मैनाबगर क्षेत्रका सडकमा अब हिलो नहुने बताउँदै सडक तथा  अन्य पूर्वाधारहरुले भरिपूर्ण बन्दै गईरहेको बताउँदै हाईमास्ट लाईटले रातीमा पनि काम गर्न सक्ने वातावरण बनिरहेको उल्लेख गरे ।
    बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टंक गैरेले अटो क्षेत्र यातायताको मुटु भएको बताउँदै बुटवल बनाएको गाडि भनेपछि निर्धक्क हुने मनस्थीतिलाई जोगाईराख्न जरुरी रहेको उल्लेख गरे ।


    महसचिव पुनित पोखरेलले आईतबारदेखी शुरु भएको स्थापना दिवसको कार्यक्रम अन्तरगत साउन ६ गते वृक्षारोपण कार्यक्रम, ९ गते ब्याडमिन्टन प्रतियोगिता कार्यक्रम, १० गते फुटसल प्रतियोगिता तथा १३ गते समापन कार्यक्रम हुने जानकारी दिए ।


    आइतबार भएको स्वास्थ्य शिविरमा १ सय ८ जना अटो व्यवसायी तथा मजदुरको स्वास्थ्य परिक्षण गरिएको कार्यक्रम संयोजक एवं लेखा समिति संयोजक रोसन पाण्डेयले जानकारी दिए ।


    यता आयोजना भएको रक्तदानमा पनि १ सय ८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं उद्योग उपाध्यक्ष ध्रुव राज भुसालले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij