२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उद्यमशील टोलद्वारा निर्माण व्यवसायी यादव सम्मानित

उद्यमशील टोलद्वारा निर्माण व्यवसायी यादव सम्मानित

उद्यमशील टोलद्वारा निर्माण व्यवसायी यादव सम्मानित

उद्यमशील टोलद्वारा निर्माण व्यवसायी यादव सम्मानित

उद्यमशील टोलद्वारा निर्माण व्यवसायी यादव सम्मानित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • तिलोत्तमा । तिलोत्तमा नगरपालिका १० को उद्यमशील टोल विकास संस्थाले निर्माण व्यवसायी राज कुमार यादवलाई सम्मान गरेको छ । 
    संस्थाले करिब ४० लाख रुपैयांको निर्माण कार्य एक महिनामै सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी यादवलाई एक औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । 
    सो अवसरमा बोल्दै प्रमुख अतिथि टोलवासी एवं लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले विकास निर्माणमा स्थानीय बासिन्दाको यथोचित सहभागिता र निगरानी सुनिश्चित गर्न तथा राम्रो काम गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहनका लागि सम्मान गरिएको बताए ।  डा. भुसालले उद्यमशील टोल नाममा मा नभई व्यवहारमै उद्यमशविनियोजन हुने तर कार्यान्वयनमा ढिलाई हुने अनि स्थानीयवासी सम्बन्धित कार्यालयमा धाइरहनुपर्ने गलत परिपाटी अन्त्य हुनुपर्नेमा समेत जोड दिए । 
    उद्यमशील टोलका हरेक परिवार करेसाबारी, कम्तीमा एक घार मौरी र खेतमा धानसंगै हांस पालनमा संलग्न हुंदै गएका र अन्यत्र पनि टोलको असल अभ्यासलाई विस्तार गरिएको डा. भुसालले बताए ।   भुसालले तिलोत्तमा नगरलाई प्रांगारिक नगरका रुपमा पहिचान दिलाउन नगरपालिकाले प्राथमिकतामा राख्नुपर्ने सुझाव समेत दिए । 

    a9b4ed71-ec21-434c-9667-69763c54f2e0.jpg
    undefined


    कार्यक्रममा तिलोत्तमा १० का वडाध्यक्ष गोपालप्रसाद घिमिरे, तिलोत्तमा नगरपालिकाका वरिष्ठ इन्जिनियर प्रदीप वन, टोल विकास संस्थाकी कार्यवाहक अध्यक्ष सरगम विक पौडेल,सचिव रामबहादुर पुन, टोलका पुर्व अध्यक्ष घनसिंह पुन, निर्माण व्यवसायी राजकुमार यादव लगायतले आफ्ना भनाई राखेका थिए । वक्ताहरुले टोलको बांकी रहेको सडकमा पनि फुटफाथ निर्माणमा सबैको ध्यान जानुपर्ने बताएका थिए । 
    डा. भुसाल टोलमा आएपछि टोलको विकासले फड्को मार्दै गएको भन्दै भुसालको प्रसंशा गरेका थिए । 
    रमेश एण्ड रवि निर्माण सेवाका सञ्चालक यादवले भ्याट सहित ३८ लाख ६१ हजार ७९१ रुपैयांमा उक्त टोलको ३०० मिटर सडकको दुबैतर्फ इन्टरलक फुटपाथ एक महिनामै निर्माण गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij