२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

विभाजनकारी तत्त्वबाट पार्टीलाई जोगाउन एकताबद्ध हुन ओलीको निर्देशन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्त्वबाट पार्टीलाई जोगाउनुपर्ने बताएका छन् ।

    सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले पार्टीलाई विभाजन गर्ने तथा तोडफोड गर्ने तत्त्वबाट पार्टीलाई जोगाउन पार्टी पंक्ति एकताबद्ध भएर अगाडि निर्देशन दिए ।

    "पार्टी विभाजन गर्ने, तोडफोड गर्ने तत्त्वहरूबाट पार्टीलाई जोगाउन सिंगो पंक्ति एकताबद्ध भएर अगाडि बढ्न निर्देशन दिनुभएको छ," एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

    उनका अनुसार, ओलीले बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मतभेद नरहेको बताएका छन् । "पूर्वराष्ट्रपतिको आग्रहमा नै कार्यालयमा भेट भएको हो । उहाँसँग खुलस्त छलफल भयो । हाम्रोबीचमा मतभेद छैन । उहाँको पार्टी सदस्यताबारे विवाद गर्नुपरेन, यसबारे केन्द्रीय कमिटीले निर्णय गर्छ," उनले भने ।

    उनका अनुसार, बैठकमा ओलीले सदस्यहरूलाई खुलस्तरूपमा छलफलमा भाग लिन आग्रह गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij