२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

खानेपानी योजनालाई विद्युत् महशुलमा अनुदान

खानेपानी योजनालाई विद्युत् महशुलमा अनुदान

खानेपानी योजनालाई विद्युत् महशुलमा अनुदान

खानेपानी योजनालाई विद्युत् महशुलमा अनुदान

खानेपानी योजनालाई विद्युत् महशुलमा अनुदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा 
    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा सञ्चालित लिफ्टिङ् खानेपानी योजनाहरुलाई १ करोड ३३ लाख ६४ हजार ६ सय ५६ रुपैयाँ विद्युत् महशुल अनुदान दिएको छ ।


    स्याङ्जाका १ सय ३३ योजनालाई ८६ लाख ७८ हजार ८४ रुपैयाँ र कास्कीका ३६ योजनालाई ४६ लाख ८६ हजार ५७२ रुपैयाँ अनुदान पाएका छन् । प्रदेश सरकारको लिफ्टिङ् खानेपानी योजनालाई विद्युत् महशुलमा अनुदान दिने कार्यक्रमअन्र्तगत कार्यालयले स्याङ्जा र कास्कीमा सञ्चालित १ सय ६९ योजनालाई अनुदान दिएको हो । 


    लिफ्टिङ् खानेपानी आयोजना विद्युत् महशुल अनुदान कार्यविधि २०७९ का आधारमा अनुदान दिएको कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । अनुदान पाएका योजनाबाट स्याङ्जाका २१ हजार ९६४ र कास्कीका १३ हजार ८०८ गरी ३५ हजार ७७२ परिवार लाभान्वित भएका छन् ।  


    मासिक २५ हजार रुपैयाँसम्म विद्युत् खपत गर्ने लाभग्राहीलाई शतप्रतिशत अनुदान दिइएको छ । मासिक २५ हजारदेखि ४० हजारको महशुलमा ७५ प्रतिशत, ४० हजारदेखि ६० हजारसम्मको विद्युत् खपतमा ५० प्रतिशत र ६० हजारदेखि ८० हजारसम्म महशुल खपत गर्ने योजनालाई २५ प्रतिशत अनुदान दिएको कार्यालय प्रमुख तिमिल्सिनाले जानकारी दिए । 


    मासिक ८० हजारभन्दा बढीको विद्युत् खपत गर्ने योजनालाई १० प्रतिशतमात्रै अनुदान उपलब्ध गराइएको छ । 


    ठूला योजना अर्थात् तीन स्टेप वा सोभन्दा बढी स्टेप पानी तान्ने योजनाको हकमा भने ४० हजारको ९० प्रतिशत, ६० हजारसम्म ६५ प्रतिशत, ८० हजारको ४० प्रतिशत र ८० हजारभन्दा बढी महशुल खपत गर्ने योजनालाई १५ प्रतिशत अनुदान दिइएको छ ।


    जिल्लामा क्रमागत २ सय ४७ खानेपानी योजना सञ्चालनमा रहेका छन् । पछिल्लो आर्थिक वर्षमा १० वटा खानेपानीका योजनाहरु पूर्ण रुपमा निर्माण सकिएको इञ्जिनियर कमल बरालले बताए । यो वर्ष निर्माण सम्पन्न भएका योजनाबाट झण्डै ८ हजार जनसंख्या लाभान्वित भएका छन् । योसँगै जिल्लामा १ हजार ५८६ योजना सम्पन्न भई सञ्चालनमा छन् । 


    प्रदेश सरकार बनेसँगै जिल्लामा हालसम्म १ सय ६१ योजना निर्माण सम्पन्न भएका छन् । इञ्जिनियर बरालकाअनुसार निर्माण सम्पन्न भएका योजनाअन्र्तगत २३ हजार ४३ भन्दा बढी घरमा ‘एक घर, एक धारा’ जोडिएको छ भने १ लाख १७ हजार ५ सय १७ जनसंख्या लाभान्वित भएका छन् । 


    आर्थिक वर्ष २०८१-०८२ मा कार्यालयले ९५ प्रतिशतको हाराहारीमा वित्तीय प्रगति गरेको छ । यो वर्ष २३ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख तिमिल्सिनाले बताए । उनकाअनुसार चालु वर्षमा पनि जिल्लामा उत्तिकै संख्यामा योजनाहरु सञ्चालनमा रहनेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij