२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

संस्थापन पक्षका ‘सात भाइ’ले खोजे उत्तराधिकारी, देउवाले भने- मैले कसैलाई ‘ग्रीन सिंगल’ दिएको छैन

संस्थापन पक्षका ‘सात भाइ’ले खोजे उत्तराधिकारी, देउवाले भने- मैले कसैलाई ‘ग्रीन सिंगल’ दिएको छैन

संस्थापन पक्षका ‘सात भाइ’ले खोजे उत्तराधिकारी, देउवाले भने- मैले कसैलाई ‘ग्रीन सिंगल’ दिएको छैन

संस्थापन पक्षका ‘सात भाइ’ले खोजे उत्तराधिकारी, देउवाले भने- मैले कसैलाई ‘ग्रीन सिंगल’ दिएको छैन

संस्थापन पक्षका ‘सात भाइ’ले खोजे उत्तराधिकारी, देउवाले भने- मैले कसैलाई ‘ग्रीन सिंगल’ दिएको छैन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौं । नेपाली कांग्रेस संस्थापन सात भाइका पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी खोजी थालेका छन्।

    सोमबार उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको भेलामा १५ औँ महाधिवेशनमा आफूभित्रबाटै नेतृत्व हुनुपर्ने निष्कर्ष निकालेर आज सभापति शेरबहादुर देउवालाई भेट गरेका हुन्।

    हिजो भेला भएका सातमध्ये ५ नेताहरू बुढानीलकण्ठ पुगेका थिए। सिंहसहित विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशरण महत र विजयकुमार गच्छदार सहभागी थिए। तर आज कोइराला र निधि गएनन्।


    बुढानीलकण्ठ पुगेका नेता श्रेष्ठले सभापतिलाई आफूहरूलाई अन्याय नगर्न आग्रह गरेको बताए। नेता श्रेष्ठले भने, ‘तपाईँले कुनै पनि निर्णय गर्दा हामीलाई पनि बोलाएर परामर्श गर्नुस्। तपाईँ भनेर लागेका साथीहरूको संरक्षण गर्ने जिम्मा पनि तपाईँकै हो।’

    उनले देउवासँगको भेटमा गच्छदार पुरानो कुरा पनि कोटाएकाे पनि बताए। उनले भने, ‘विजयजीले पार्टी फुट्दा र राजा ज्ञानेन्द्र हस्तक्षेप गरेर सङ्कट परेर उहाँ जेल परेको बेलामा साथ दिएको, ११ औँ महाधिवेशन सम्पन्न गरेर निर्विरोध सभापति पनि बनाएको कुरा पनि उठ्यो।’

    पछि देउवाबाट आफूलाई न्याय नभएको कुरा पनि राखेको श्रेष्ठले बताए। उनले थपे, ‘१५ औँ महाधिवेशनको नेतृत्वबारे पनि छलफल भयो। हामीले तपाईँले कसैलाई ग्रीन सिंगल दिनुभयो भनेर कोही हिँडिरहेका छन्, के हो ? भनेर कुरा उठायौँ। तर, उहाँले मैले कसैलाई ग्रीन सिंगल दिएको छैन भन्नुभयो।’

    त्यही प्रसङ्गमा आफूले १४ औँ महाधिवेशनमा आकाङ्क्षा राख्दा बालुवाटार बोलाएर १५ औँ महाधिवेशनमा सहयोग गर्ने बाचा गरेको स्मरण गरेको पनि बताए।

    उनले थपे, ‘उहाँले १४ औँ महाधिवेशनमा अहिले मलाई सघाउनुस्, १५ औँ मा तपाईँलाई सहयोग गर्छु भन्नुभएको थियो। त्यस बेला भाउजू पनि सँगै हुनुहुन्थ्यो। उहाँलाई १० औँ महाधिवेशनदेखि नै सहयोग गर्दै आएको हुँ। पार्टी फुट्दा होस् वा अन्य सङ्कटमा उहाँलाई कफन बाँधेर सहयोग गरेँ।’

    उनले आफूहरूको भेलाले इतर पक्षका नेता डा. शेखर कोइरालाको पछिल्ला गतिविधि महत्त्व दिन लायक नभएको निष्कर्ष निकालेको पनि बताए।

    उनले भने, ‘उहाँले सफल हुने काम गरिराख्नुको भएको छैन। सभापति र शेरखबीच आज एक कार्यक्रममा भेट भएको थियो पार्टीमा यस्ता गतिविधि भइरहन्छ। उहाँका मान्छेहरूले बोल्दा पनि मर्यादित ढङ्गले बोल्नुपर्‍यो।’

    कांग्रेसको १५ औँ महाधिवेशन अझै अनिश्चित छ। तर नेताहरूले महाधिवेशन लक्षित गरेर नेतृत्वको दौड थालिसकेका छन्। देउवालाई अर्को कार्यकाल नेतृत्वमा आउन विधानले छेक्ने भएकाले संस्थापन पक्षका नेताहरूले आफूभित्रबाटै उत्तराधिकारी तोक्न दबाब दिइरहेका छन्।

    यसअघि पनि यी सातसहित ११ भाइ बुढानीलकण्ठ पुगेर उत्तराधिकारी तोक्न दबाब दिएका थिए। तर, देउवाले अहिलेसम्म मुख खोलेका छैनन्। इतर पक्षबाट नेतृत्वको लागि डा। शेखर कोइराला र महामन्त्री गगन थापाले पनि आआफ्नै तयारी गरिरहेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij