२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल अटोको ३० औं वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल अटोको ३० औं वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल अटोको ३० औं वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल अटोको ३० औं वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न

बुटवल अटोको ३० औं वार्षिकोत्सवमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन रुपन्देही–लुम्बिनीको गौरवमय ३०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत् वृक्षारोपण कार्यक्रम सोमबार बुटवल २ मैनाबगरस्थित अटो भिलेज परिसर तथा घाट क्षेत्रमा सम्पन्न भएको छ।

    करिब २ सय वटा बिरुवा रोपिएको उक्त कार्यक्रममार्फत हरियाली प्रवर्द्धन, सफा वातावरण निर्माण र दिगो विकासको सन्देश दिन खोजिएको हो। कार्यक्रममा एसोसिएसनका सचिव तथा कार्यक्रम संयोजक मनिष पाण्डेले वृक्षारोपण अभियानले आगामी पुस्तालाई स्वच्छ वातावरण सुनिश्चित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

    कार्यक्रमको प्रमुख आतिथ्य एसोसिएसनका पूर्व अध्यक्ष सन्तोष पाण्डेयले गरेका थिए। उनले अटो क्षेत्रसँग सम्बन्धित व्यवसायीहरू मात्रै होइन, सम्पूर्ण नागरिक वृक्षारोपण जस्ता सचेतनामूलक अभियानमा सक्रिय हुनुपर्ने बताए।

    वृक्षारोपण कार्यक्रममा अध्यक्ष प्रेम गौचन, संरक्षक तथा पूर्व अध्यक्ष बाबुलाल पाण्डेय, उद्योग उपाध्यक्ष ध्रुवराज भुसाल, महासचिव पुनित पोखरेल, कार्यसमिति सदस्य तथा अन्य व्यवसायीहरूको उल्लेखनीय उपस्थिति थियो।

    कार्यक्रमले बुटवल क्षेत्रको वातावरणीय सन्तुलनमा योगदान दिने अपेक्षा गरिएको छ। एसोसिएसनले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअनुरूप यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij