२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।  सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने भएका हुन् । 


    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘प्रधानमन्त्रीज्यूको आज प्रश्नोत्तरमा सहभागी हुने नियमित कार्यसूची रहेको छ । त्योभन्दा अघि उहाँले विशेष सम्बोधन गर्नुहुनेछ । सम्बोधनमा सरकारको काम, वर्तमान राजनीतिक परिस्थिति र तथा प्रतिपक्षी दलका नेता गर्नुभएको सम्बोधनको जवाफलगायत विषय समावेश हुनेछन् ।’

    प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij