२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

केरुङमा अलपत्र २ सय ३ जना नेपालीलाई तातोपानी नाकाबाट फर्काइँदै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौँ । चीनको केरुङमा व्यवसाय तथा रोजगारीमा गएर अलपत्र परेका नेपाली नागरिकलाई बुधवार नेपाल फर्काउने तयारी पूरा भएको छ । 

    असार २४ मा रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीको कारण मितेरी पुल बगाएपछि चीनतर्फ गएका २०३ जना केरुङमा फसेका थिए । 

    नेपाल–चीन सीमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण सड्क सम्पर्क अवरुद्ध भएपछि अलपत्र परेका २०३ जनालाई सिन्धुपाल्चोक स्थित तातोपानी नाकाबाट फर्काउने व्यवस्था गरिएको हो । 

    गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत चीनसँगको समन्वयमा त्यहाँ अलपत्र नेपालीलाई बुधवार फर्काउन लागिएको रसुवाका डीएसपी हेम बहादुर शाहीले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो र चीनतर्फका स्थानीय प्रशासनको निरन्तर समन्वयमा निःशुल्क रूपमा नेपाली नागरिकलाई नेपाल ल्याउने तयारी पुरा भएको छ ।’ 

    तातोपानी नाकाबाट उनीहरूलाई काठमाडौँसम्म लैजाने व्यवस्था मिलाइएको डीएसपी शाहीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij