२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बानेथोक भञ्ज्याङ्का घरघरमा धारा

बानेथोक भञ्ज्याङ्का घरघरमा धारा

बानेथोक भञ्ज्याङ्का घरघरमा धारा

बानेथोक भञ्ज्याङ्का घरघरमा धारा

बानेथोक भञ्ज्याङ्का घरघरमा धारा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जाको भीरकोट नगरपालिका–३ बानेथोक भञ्ज्याङ्की पूर्णकला एसके उमेरले ५५ पुगिन् । ५५ वर्षको उमेर कटाएकी एसकेलाई पानीको चिन्ताले कहिल्यै छाडेन । छोराछोरी हुर्केबढे, दुःख सुख कमाइ खाने भए पनि उनलाई पानीको पिरलो थियो नै । बिहान सबेरै पानी बोक्न खोल्साखोल्सी र कुवा खोज्दै हिंड्नुपर्ने बाध्यता पछिल्लो समय हटेर गएको उनले सुनाइन् ।


    एसकेको त्यो चिन्ता र पिरलो सानो खोल्सा लिफ्टिङ् खानेपानी योजनाले अन्त्य गरिदिएको छ । अहिले घरघरमा मिटरसहित धारा जडान भएपछि उनी खुशी छिन् । स्थानीय ४७वर्षीय सीता दमै पानी बोक्ने दुःखका दिन सम्झदै भन्छिन्–‘पहिले अतिनै गाह्रो थियो, डोकोमा पानी बोकेर एक घण्टासम्म पैदल हिंड्नु पथ्र्यो अहिले त आँगनमै पानी थाप्न पाइएको छ ।’


    योजनाबाट बानेथोक भञ्ज्याङ्का १ सय ५० घरपरिवारका झण्डै ५ सय सदस्यमा खुशी छाएको छ । गण्डकी प्रदेश सरकार, भीरकोट नगरपालिका र जनश्रमदानबाट सानो खोल्सा लिफ्टिङ् खानेपानी योजना सम्पन्न भएपछि गाउँका करिब १ सय ५० घरधुरीमा शुद्ध खानेपानीको सुविधा पुगेको छ । 


    गाउँमा पानी वितरण गर्न ५ वटा टंकी निर्माण गरिएको छ । १५ हजारका ३ वटा, २५ हजार र अर्काे ३० हजार लिटर क्षमताका पानी टंकी निर्माण भएका छन् । भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्दकुमार कर्मार्चायले खानेपानी योजना सम्पन्न गर्न ७ वर्ष लागेको सुनाए । उनले भने– ‘भञ्जाङ्मा अधिकांश दलित र जातजातिको बाक्लो बस्ति छ, योजनाबाट उनीहरु नै लाभान्वित भएका छन् ।’


    नगरप्रमुख कर्माचार्यले सानो खोल्सा लिफ्टिङ् आयोजना पालिकाको गौरवको आयोजना भएकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताए । आर्थिक र प्राविधिक कारणले ढिला भए पनि स्थानीयको खानेपानी समस्या समाधान गर्न आफूहरु सफल भएकामा कर्माचार्य पनि उत्तिकै खुशी छन् । २ सय मिटर भर्टीकल र ७ सय ५० मिटर होरिजेन्टल उचाइमा सानो खोल्सा मुहानबाट पानी लिफ्टिङ् गरेर गाउँमा वितरण गरिएको छ ।


    भीरकोट नगरपालिकाले २०७५ सालमा सुरु गरेको योजनामा नगरपालिकाको करिब १ करोड लगानी भएको नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । गौरवको आयोजना भएकाले ७ वर्षसम्म निरन्तर बजेट विनियोजन गरेको योजनामा प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी झण्डै २ करोड लगानी भएको रेग्मीले जानकारी दिए । 


    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयद्वारा ६ करोड ७० लाख बजेट लाग्ने अनुमान गरिएको योजना स्थानीय सरकारले करिब २ करोडमै सम्पन्न गरेको छ ।  निवर्तमान नगर प्रमुख छायाँराम खनालले बजेट लागतअनुमान धेरै भएपछि समयमा सम्पन्न नहुने ठानेर स्थानीय सरकारकै पहल र लगानीमा खानेपानी योजना सुरु गरेको सुनाए ।


    खानेपानी कार्यालय र नगरपालिकाको पहलमा बानेथोककै सानीचौर दलित बस्तीका करिब ६० घरपरिवारमा खानेपानीको सुविधा पु¥याएको वडाध्यक्ष केशरबहादुर खड्काले बताए । 


    एक आधारभूत विद्यालय र ६० घरपरिवार दलित बस्तीले भोग्दै आएको सास्तीलाई सानीचौर खानेपानी योजनाले अन्त्य गरेको खड्काले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij