२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

देवदहमा ६२ मुद्दा फछ्र्यौट

देवदहमा ६२ मुद्दा फछ्र्यौट

देवदहमा ६२ मुद्दा फछ्र्यौट

देवदहमा ६२ मुद्दा फछ्र्यौट

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • देवदह । देवदह नगरपालिका न्यायिक समितिले यस आर्थिक वर्ष २०८१-०८२ मा ६२ वटा मुद्दा फछ्र्यौट गरेको छ । न्यायिक समितिले आर्थिक वर्ष २०८०÷०८१ मा २४ वटा मुद्दा र आर्थिक वर्ष २०८१-०८२ को ६५ वटा मुद्दामध्ये ६२ वटा न्यायिक समितिमा दर्ता भएको मुद्दा फछ्र्यौट भएको न्यायिक समितिका संयोजक तथा उप–प्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिइन् । 


    पालिकाको उपाध्यक्ष संयोजकत्व संयोजक रहने गरी ३ सदस्यीय न्यायिक समिति गठन गर्न संविधानले अधिकार दिएको छ । आर्थिक वर्ष २०८०-०८१ को २४ वटा मुद्दा र आर्थिक वर्ष २०८१-०८२ को ६५ वटा मुद्दा गरी ८९ वटा मुद्दामध्ये ६२ वटा मुद्दा फछ्र्यौट भएको संयोजक गुरुङ्गले जानकारी दिइन् । 


    संयोजक गुरुङ्गका अनुसार २८ वटा मुद्दा मेलमिलापको माध्यमबाट मिलापत्र गरिएको, २९ वटा मुद्दा जिल्ला अदालत जान आदेश दिइएको र ५ वटा मुद्दाको उजुरी फिर्ता गराइएको छ । देवदह नगरपालिकाको न्यायिक समितिमा जग्गा खिचोलो, आर्थिक लेनदेन, साधँ किल्ला, अंश बण्डा, नामसारी, घरेलु हिंसा, मानाचामल, कुटपिट, अभद्र व्यवहार, सम्बन्धविच्छेद, हक कायम, विवाह दर्ता, नागरिकता, जन्मदर्ता जस्ता मुद्दाहरु आउने गरेको उनले जानकारी दिइन् । 


    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ उपदफा १ बमोजिकको १३ प्रकार र उपदफा २ बमोजिमको ११ प्रकारका मुद्दा फछ्र्यौट गर्न पाउने संविधानले न्यायिक समितिलाई अधिकार दिएको उप–प्रमुख गुरुङ्गले उल्लेख गरिन् ।
     देवदह नगरपालिकाको न्यायिक समितिमा दर्ता भएको ८९ वटा मुद्दामध्ये २७ वटा मुद्दा प्रक्रियामा रहेको र यस आर्थिक वर्ष २०८२०८३ मा फछ्र्यौट गर्ने गरी काम भइरहेको उनले जानकारी दिइन् । 


    उपप्रमुख गुरुङ्गका अनुसार न्यायिक समितिमा दर्ता भई यस आर्थिक बर्षमा फछ्र्यौट नभएका मुद्दाहरु केही मेलमिलापको चरणमा रहेको, केही म्याद तामेलीको प्रक्रियामा रहेको केही छलफलको चरणमा रहेका छन् । 


    देवदह नगरपालिका न्यायिक समितिमा दर्ता भएका मुद्दाहरु अधिकांश मेलमिलापको माध्यमबाट फछ्र्यौट गर्ने गरेको उनले जानकारी दिइन् । संविधानले दिएको अधिकारअनुसार न्यायिक समितिमा परेको मुद्दा हेर्ने गरेको जानकारी दिँदै केही मुद्दा चुनौतीको रुपमा रहेको संयोजक गुरुङ्गले बताइन् । 


    न्यायिक समितिमा मुद्दा दर्ता गराएर अन्यत्र हिंड्ने गरेको, सम्पर्क नम्बर परिवर्तन गर्ने गरेको, मेलमिलापको लागि बोलाउँदा अफठ्यारो मान्ने गरेको समस्या रहेको उनले जानकारी दिइन् । संयोजक गुरुङ्गका अनुसार पहिलो चरणमा मेलमिलाप केन्द्रमा पठाउने गरेको र मेलमिलाप केन्द्रमा सहमति नभए न्यायिक समितिमा बोलाएर सहमतिको लागि छलफल गराउने गरिएको छ ।

     
    देवदह नगरपालिकाको १२ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरी व्यवस्थापन गरिरहेको जानकारी दिँदै उनले नगरमा अहिले ९४ जना मेलमिलापकर्ताहरुले काम गरिरहेको जानकारी दिइन् । न्याय सम्पादनमा देवदह नगरपालिका अग्रणी रहेको बताउँदै उनले गत वर्ष देवदह नगरपालिका जिल्लामा उत्कृष्ट भएको बताइन् ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij