२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कांग्रेस बैठकमा विश्लेषण– रूपन्देही ३ मा हाम्रो भोटको अवस्था बलियो छ

कांग्रेस बैठकमा विश्लेषण– रूपन्देही ३ मा हाम्रो भोटको अवस्था बलियो छ

कांग्रेस बैठकमा विश्लेषण– रूपन्देही ३ मा हाम्रो भोटको अवस्था बलियो छ

कांग्रेस बैठकमा विश्लेषण– रूपन्देही ३ मा हाम्रो भोटको अवस्था बलियो छ

कांग्रेस बैठकमा विश्लेषण– रूपन्देही ३ मा हाम्रो भोटको अवस्था बलियो छ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • बुटवल । सत्तारूढ दल नेपाली कांग्रेसले रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गरेको छ ।

    शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरूको बैठकमा उपनिर्वाचनमा पार्टीको रणनीति, योजनाबारे छलफल भएको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

    "रूपन्देहीको निर्वाचनका विषयमा छलफल गरेका छौँ । मुख्यरूपमा केन्द्रित भनेको आगामी उपनिर्वाचनमा हाम्रो रणनीति, योजनाका विषयमा छलफल भएको छ," उनले भने ।रूपन्देही–३ मा गत निर्वाचनमा आफूहरू प्राविधिकरूपले हारे पनि जनमतको अवस्था मजबुत रहेको उनको भनाइ छ ।

    "रूपन्देहीमा हामीले हेर्ने भनेको विभिन्न गठबन्धन थिए, गत निर्वाचनमा । ०७९ को निर्वाचनमा विभिन्न गठबन्धनबाट चुनाव लडिएको थियो । गठबन्धनलाई पर राखेर समानुपातिक मत पार्टीको हेर्दा कांग्रेस पहिलो पार्टीकै रूपमा थियो । २० हजार मत प्राप्त गरेको थियो । दोस्रो पार्टी एमाले १६ हजार र तेस्रो पार्टी रास्वपा १४ हजार मत थियो । त्यसपछि क्रमशः मधेसवादी दलहरू थिए," घिमिरेले भने ।

    उनले अगाडि थपे, "अहिलेको पोजिसन के छ भनेर ठ्याक्कै भन्न त गाह्रो छ । विश्लेषण गरेर हेर्दा कांग्रेस, एमाले, रास्वपा र मधेसकेन्द्रित दलहरू एक भएर लड्ने भन्ने चर्चा पनि आएको छ । कांग्रेस नै पहिलो पार्टी हो । त्यो निर्वाचनमा प्राविधिकरूपले चुनाव हारेका हौँ । स्थानीय निर्वाचनमा पनि हामी पहिलो पार्टी हो । हाम्रो भोटको अवस्था मजबुत छ ।"

    उनका अनुसार, बैठकमा मन्त्री हेरफेर गर्ने विषयले प्रवेश नै पाएन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij