२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ : अर्थमन्त्री पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ : अर्थमन्त्री पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ : अर्थमन्त्री पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ : अर्थमन्त्री पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छ : अर्थमन्त्री पौडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • बुटवल ।  उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य बन्नुपर्ने उल्लेख गरेका छन। लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्रीले पौडेलले  गुरुयोजनालाई पूर्णता दिन विश्वविद्यालय तदारुकतासाथ लाग्नुपर्ने बताए ।


    ‘गुरुयोजना बनाएर मात्रै हुँदैन, यसको कार्यान्वयनका लागि विश्वविद्यालयको अग्रसरता निरन्तर हुनुपर्छ, उनले भने,–‘हामीहरु साथ र सहयोग गर्न सधैं तत्पर छौं ।’
    ०५१ सालमा विश्वविद्यालय स्थापना गर्न माग गर्दै हस्ताक्षर संकलन गरिएको क्षण स्मरण गर्दै अहिले विश्वविद्यालयको स्वरुपमा पुगेको बताए । ‘यो विश्वविद्यालय देशको एक नम्बर र विश्वकै शैक्षिक गन्तव्यका रुपमा स्थापित हुन सक्छ, उनले भने,–‘शैक्षिक गुणस्तर कायम गरेर विद्यार्थीको रोजाईमा पुर्‍याउनुपर्छ ।’


    बौद्ध दर्शनका साथै अन्य विषयसमेत प्राध्यापन गराउदा विश्वविद्यालय अझै प्रभावकारी रुपमा अघि बढेको उनको भनाई थियो । विश्वविद्यालयलाई लुम्बिनी र गौतम बुद्धका रुपमा ब्राण्डिङ गर्न सहज हुने भएकाले त्यसको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय स्तरमा फैलाउन निर्देशन समेत दिए ।


    ८० अर्बको गुरुयोजनाका मूर्तरुप दिँदै शैक्षिक गुणस्तरमा पनि अब्बल हुनुपर्ने उनले बताए । पूर्वाधार विकाससंगै शैक्षिक र जनशक्ति विकासका योजना बनाउन  आग्रह गर्दै त्यसको कार्यान्वयनमा सरकारले काम गर्ने उनले प्रतिवद्धता जनाए।


    सोही अवसरमा उपप्रधानमन्त्री पौडेलले लुम्बिनी विकास कोषको गुरुयोजना पूरा हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरे । ‘बजेट भएर मात्रै पनि विकास नहुने रहेछ, राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना ४० वर्ष नाघ्दा पनि सकिएन, उनले भने,–‘यस्ता संस्थाहरुको नेतृत्व लौकिक मोहबाट माथि उठेको, संस्कृति, सम्पदाको महत्व बुझेको र ज्ञान भएको हुनुपर्दाे रहेछ ।'


    उपप्रधानमन्त्री पौडेलले देशका ठूला योजनाहरु क्रमशः बन्दै गइरहेको भन्दै त्यसको संरक्षण, सरसफाईमा हरेक नागरिक लाग्नुपर्ने बताए ।


    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीमा शैक्षिक पर्यटन भित्र्याउनका लागि विश्वविद्यालयले प्रवद्र्धनात्मक कार्यक्रम बनाइरहेको बताए । त्रिपिटक पार्क निर्माण, देवदह शिक्षा विकास परियोजना जस्तै परियोजनाबाट प्राज्ञिकका साथै पर्यटन विकासमा टेवा पुग्ने उनले बताए । उनले देवदह गुरुयोजनाको सपना छिट्टै साकार हुने विश्वास व्यक्त गरे ।


    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले विश्वविद्यालयको स्थापनादेखि हालको विकाससम्म अर्थमन्त्री पौडेलले पुर्‍याएको योगदानको चर्चा गर्दै देवदह गुरुयोजना कार्यान्वयनमा पनि ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । विश्वविद्यालयले पूर्वाधार निर्माणसँगै प्राज्ञिक अनुसन्धानहरु सरकारका नीति योजनामा पर्नेगरी गरिरहेको बताए ।


    देवदहको जग्गा प्राप्तीमा भएको कठिनाई स्मरण गर्दै उहाँले गुरुयोजना कार्यान्वयन हुँदा मुलुककै नमुना विश्वविद्यालयका रुपमा स्थापित हुने बताए। लुम्बिनी, देवदह र बुटवललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले पूर्वाधार निर्माण गरिरहेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij