२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजियो : कठायत

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ । 

    प्रतिनिधिसभा बैठकमा शुक्रबार रास्वपा सांसद विनीता कठायतले ‘कुलिङ अफ पिरियड’ हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताइन् । 

    दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उनले प्रश्न गरिन् । उनले ‘कुलिङ अफ पिरियड’लाई जनताले नजिकबाट हेरिरहेको भन्दै सचेत हुन आग्रह गरिन् । 

    सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गरिन् ।  यस विषयलाई अन्तर्राष्ट्रिय जगतले समेत गम्भीरतापूर्वक हेरिरहेकाले उच्चस्तरीय छानबिन समिति बनाउन उनको माग छ । आफ्ना माग पूरा नभएकाले आन्दोलन जारी रहेको उनको भनाइ छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij