२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल अटाेकाे ३० औं वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

बुटवल अटाेकाे ३० औं वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

बुटवल अटाेकाे ३० औं वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

बुटवल अटाेकाे ३० औं वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता

बुटवल अटाेकाे ३० औं वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • बुटवल । बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन रुपन्देही लुम्बिनीको ३०औं वार्षिकोत्सवको अवसरमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। बुटवल ब्याडमिन्टन क्लबमा सम्पन्न प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको थियो। मेन्स डबल्स आधारमा लिग चरणमा १६ खेलहरू सम्पन्न गरिएका थिए।

    प्रतियोगितामा समूह–१ बाट जगन्नाथ भुसाल (जगु) र केशब तिवारी तथा समूह–२ बाट तुल्सिराम न्यौपाने र शिवप्रसाद बजगाईं विजयी भएका छन्। बिजेताहरुलाइ समापन समारोहमा विजेता तथा उपविजेताहरूलाई ट्रफी र मेडल प्रदान गरिने कार्यक्रमका संयोजक तथा एसोसिएसनका कोषाध्यक्ष नवराज सुवेदीले जानकारी दिए । 

    523425909_3108411339328192_7832450792185398499_n.jpg

    कार्यक्रमका प्रमुख अतिथि नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका प्रथम उपाध्यक्ष ज्योति भण्डारीले खेल क्षेत्रबाट अन्य संघसंस्था तथा समुदायलाइ अटाेभिलेजकाे बारेमा जानकारी गराउनेगरि कार्यक्रम गर्न शुरु गरिएकाे बताए । 

    कार्यक्रममाअध्यक्ष प्रेम गौचन, निवर्तमान अध्यक्ष तुल्सीप्रसाद न्यौपाने, सल्लाहकार कृष्ण न्यौपाने, बाणिज्य उपाध्यक्ष बाबुराम आचार्य,महासचिव पुनित पोखरेल, मैनाबगर ब्याडमिन्टन क्लबका अध्यक्ष केशर बहादुर जबरा लगायतले खेलकुद स्वास्थ्यकाे लागि महत्वपूर्ण हुने भन्दै यस्ता प्रतियाेगिताले  बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसन रुपन्देही लुम्बिनीसंग जाेडेकाे उल्लेख गरे  ।

    एसोसिएसनले खेलकुदमार्फत आपसी सहयोग, स्वास्थ्य र सञ्जाल विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। एसोसिएसनले साउन ४ गतेवाट आफ्नाे स्थापना दिवसका बिभिन्न कार्य गर्दै आएकाे छ । ४ गते स्वास्थ्य शिविर तथा रक्तदान, ६ गते बृक्षाराेपण गरेकाे छ भने शनिबार फुटसल प्रतियाेगिता र १३ गते समापन समाराेह गर्दैछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij