२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित

लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • बुटवल । लुम्बिनी विकास कोषका कर्मचारी आन्दोलित भएका छन् । चार बुँदे मागसहित आन्दोलनमा उत्रिएको युनियनले आज कालोपट्टी बाँधेर विरोध गरेको हो ।

    युनियनले सञ्चित बिदा, कोषभत्ता, महँगी भत्ता उपलब्ध गराउनुपर्ने माग राखेको छ । यस्तै, उमेरहद लागु नहुने गरी सीमित प्रतियोगितात्मक परीक्षाबाट करारका सबै कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने माग युनियनले राखेको छ । युनियनले सबै कर्मचारीलाई स्थायी गर्न पनि माग गरेको छ ।

    आन्दोलनका कार्यक्रमअनुसार, युनियनले आज कालोपट्टी बाँधेर आन्दोलन गरेको छ । साउन १२ गते पेनडाउन गर्ने र सोही दिन अपराह्न ४ बजेसम्म कोषका सबै गाडी कोषको परिसरमा थन्क्याउने युनियनको भनाइ छ ।

    त्यसैगरी, साउन १३ गते कोषको प्रधान कार्यालय र आवास क्षेत्रमा तालाबन्दी गरिने युनियनका अध्यक्ष अब्दुल वाफा मुसलमानले बताएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij