२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

साहित्यकार जयदेव गौतमद्वारा लिखित कृति 'किताबको अंगालोमा'को बुटवलमा परिचर्चा

साहित्यकार जयदेव गौतमद्वारा लिखित कृति 'किताबको अंगालोमा'को बुटवलमा परिचर्चा

साहित्यकार जयदेव गौतमद्वारा लिखित कृति 'किताबको अंगालोमा'को बुटवलमा परिचर्चा

साहित्यकार जयदेव गौतमद्वारा लिखित कृति 'किताबको अंगालोमा'को बुटवलमा परिचर्चा

साहित्यकार जयदेव गौतमद्वारा लिखित कृति 'किताबको अंगालोमा'को बुटवलमा परिचर्चा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १० २०८२
शनिवार, श्रावण १० २०८२
  • बुटवल । पाल्पाका साहित्यकार जयदेव गौतमले लेखेको कृति 'किताबको अंगालोमा'को बुटवलमा परिचर्चा गरिएको छ ।  
    लुम्बिनी बाङमय प्रतिष्ठान नेपालको आयोजनामा भएको परिचर्चा कार्यक्रममा पुस्तकको बारेमा तथा यसले उठाएको विषयहरुको बारेमा उल्लेख गरिएको थियो। 


    गौतमको चौथो पुस्तकको रुपमा प्रकाशित  कृति 'किताबको अंगालोमा' मा गौतमले आफुले पढ्ने क्रममा अध्ययन गरेका विविध बिधाका कृतिहरुको  समीक्षा गरेका विषयहरु यसमा समावेश गरेका छन। २ सय ७५ पेज लामो  पुस्तकमा विभिन्न ४२ कृतिहरुका सबल र दुर्बल पक्षहरुलाई पनि उल्लेख गरिएको छ ।


    कार्यक्रममा बोल्दै प्राडा कपिल लामिछानेले साहित्यका दुई पाटोका बिचमा धेरैले नबुझेको पताउदै साहित्यिक र  समालोचनात्मक पाटोका आ आफ्नै क्षेत्र रहेको उल्लेख गरे। 


    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले यो पुस्तक समालोचनात्मक समीक्षा रहेको उल्लेख गर्दै अधिकान्स समीक्षा र केहिको समालोचनात्मक सामाग्रीहरु लेखिएको बताए। 


    लेखकले सबै विषय रुचिका नरहेकोले केहिको अलि लामो र केहिको छोटो समीक्षा गरिएको बताउदै उनले कृतिमा अन्तरवस्तु, प्रस्तुतिकरण, तथ्यगत त्रुटि, समाजमा पर्ने प्रभाव लगायत सबै कुराहरु समावेश गरेर उत्कृष्ट कृति तयार भएको भन्दै प्रशंसा गरे। 


    सो अवसरमा साहित्यकार ऋषिराम भुसाल, त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाका प्रमुख डा टक पन्थ, माया घिमिरे र रामचन्द्र श्रेष्ठले पुस्तकको समिक्षा गर्दै ४२ कृतिको समिक्षा गरिएको बताउदै ती कृतिलाई पाठक सम्म पुग्नेगरी लेखिएको बताए। उनिहरुले गौतमले पाठकिय चेतनाको माध्यमबाट समीक्षा गरेर लेखेको कृति रहेको उल्लेख गरे। 


    यहि असारमा बिमोचन भएको कृतिका लेखक गौतम शारीरिक अवस्थाताका कारणले अमेरिकामा उपचाररत रहेपनी उनको परिवारको सहयोगमा परिचर्चा गरिएको हो।  कार्यक्रममा तारा गौतम,राजेन्द्र थापा लगायतले लेखकको अहिलेको अवस्थाको बारेमा बताउदै पुस्तक लेख्नुको अन्तर्य समेत प्रष्ठायका थिए।


    साहित्यकार गौतमका विश्वकप फुटबल कथा एक गाथा अनेक, लक्ष्मणरेखाका दासहरौ निवन्द संग्रह, ती निला आँखा निवन्द संग्रह यस अघि प्रकाशन भएका छन। 
    लुम्बिनी बाङमय प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष ऋषि आजादको अध्यक्षता तथा  महासचिव पुरुसोत्तम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij